Incident Reports

धारो छोएको बिषयमा कुटाकुट

2016-08-08

Gandaki, Kaski, Pokhara Lekhnath

धारो छोएको बिषयमा पोखरा बगरकी मिना विक कुटिएकी छिन् । एउटै घरमा डेरा बस्ने मेनुका थापा, पूजा गुरुङ र रिया गुरुङ्ले कुट्पिट गरेको भनी मिनाले प्रहरिमा जाहेरी दिएकी छिन् । मिनाका अनुसार घरभित्रै रहेको उक्त धारो डेरावालले प्रयोग गर्दै आएका छन्। साउन २४ गते बिहान ८ बजे छोरालाई नुहाइदिदै गरेको अवस्थामा आफुमाथि होच्याउने शब्द प्रयोग गर्दै कुटपिट भएको मिनाले बाटइन् । ' पहिलेदेखी धारो नछोइदे भनेको टेरिनस्' भन्दै चप्पलले हानियो र सोही दिन बिहान ११ बजे पुन आक्रमण भएको उनले बताइन् । मिनाले गत बर्ष पनि आफुमाथि धारो छोएको निउमा आक्रमण भएको बताइन्। विभिन्न दलित अधिकारकर्मीको टोलिले शुक्रबार नै जाहेरी दर्ता गराउन कोजे पनि पहरिले नमानेको अधिकारकर्मी प्रेमदेवी पारीयारले बताइन् । जिल्ला प्रहरी कार्यालयमा जाहेरी बुझाउन आईतवार नेपाल दलित संघ, उत्पीडित जातिय समाज, दलित एकल सन्जाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि पुगेका थिए । मेनका, पूजा र रियाले भने जातिय विभेदको निउ नभै अन्य बिषयमा झगडा परेको बताए । निजहरुले पनि मिना र कृष्ण विक विरुद्ध् ज्यान मार्ने उद्धोग र सार्वजनिक अपराध सम्बन्धी मुद्धा जाहेरी बुझाएका छन्। प्रहरिले मङ्लबार कुनै पक्षको पनि जाहेरी दर्ता नभएको र मङ्लबार मात्र हुने बतायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown

0 Comments