Incident Reports

JanaBidroha: Workers in former king's tea estate stage demonstration

2016-08-18

Province 1, Jhapa, Damak, Ward 9

The workers at Himalayan MahaLaxmi Tea Estate in Damak-15, owned by ex-king Gyanendra Shah, have staged a demonstration demanding to get provident fund amount. Over 300 workers have not received provident fund amount which totals to almost 6 million rupees. The workers encircled administration office and chanted slogans carrying tools used for tea leaves collection from 8 am to 9:30 am on Thursday. पुर्व राजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको झापाको दमक-१५ स्थित हिमालयन महालक्ष्मी चियाबगानका मजदुरहरुले संचयकोष बापत पाउनुपर्ने करिब ६० लाख रुपैया पाउन सकेका छैनन्। संचयकोष वापतको रकम पाउनुपर्ने र विभिन्न सेवा सुबिधामा गरिएको कटौती खारेज गर्नुपर्ने माग गर्दै मजदुरहरु आन्दोलनमा उत्रिएका छन्। बगानमा कार्यरत ३ सय बढी कर्मचारी तथा मजदुरले संचयकोषको रकम नपाएका हुन्। बजेट अभावका कारण सो रकम तोकिएको समयमा निकासा गर्न नसकिएको व्यवस्थापन पक्षले जनाएको छ। चिया टिप्ने औजार लिएर मजदुरहरुले बिहीबार व्यवस्थापन कार्यालय घेराउ गर्दै नाराबाजी गरेका थिए। दुई बर्ष यता बगान व्यवस्थापनले विभिन्न सेवा सुविधाहरु कटौती गरेको मजदुरहरुको भनाइ छ। व्यवस्थापनले दशैँ खर्च, संचयकोष बापत पाउनुपर्ने रकम लगायतको सेवा सुबिधा उपलब्ध नागाराएपछि आन्दोलनमा उत्रिनु परेको चिया मजदुर निर्मला भण्डारीले बताउनुभयो। मजदुरहरुले बिहान ८ बजेदेखि डेढ घन्टासम्म चियाबगान भित्रको व्यवस्थापन कार्यालय अगाडी नाराबाजी गरेका थिए। मजदुरहरुले संचयकोष बापत पाउनु पर्ने रकम गएको असार मसान्त भित्रै दिने सहमति भएपनि एक महिना बितिसक्दा समेत पुन नसकेको बताएका छन्। उनीहरुले दशैँ आउनु एक महिना अगावै दशैं बापतको खर्च पाउनु पर्ने माग गरेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown

0 Comments