Incident Reports

NewSrishti: Abducted girl rescued from Biratnagar

2016-08-03

Province 1, Morang, Pathari Shanishchare

A 4-year-old girl, Sparsha Agarwal was abducted on August 3 from Bihar, Katihaar for ransom. According to Nawaraj Silwal, Chief of Central Investigation Bureau, Sparsha is daughter of businessman Bhanu Agrawal. It is revealed that Agrawal's driver, Mithun Pashwaan was involved in the abduction. Similarly, two people from Biratnagar were also involved in the crime. The girl was freed from the clutches of abductors on Sunday night from Rita Sah's house in Morang, Pathari. The abductors have been taken in custody. एक पछि अर्को 'चक्मा' दिदै स्थान परिवर्तन गरेर मारवाडी बालिका अपहरण गर्ने भारतीय अपराधिक समुहलाई नेपाल प्रहरीले मोरङबाट साहसिक रुपमा उद्दार गर्न सफल भएको छ। बिराटनगरका उद्योगी दिलीप बगड़ियाको सहयोगमा अपहरणमा परेका परिवारले प्रहरी लाई दिएको जानकारीको १८ घन्टामा बालिकालाई सकुशल उद्धार गरिएको छ। साउन १९ गते बुधबार बिहार कटिहारबाट अपहरणमा परेकी ४ बर्षीय बालिका स्पर्श अग्रवाललाई मोटो रकमका लागि अपहरण गरिएको थियो। अपहरणकारीले १ करोड भरुसम्म रकम मागेको थियो। केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख नवराज सिलवालका अनुसार कटिहार कुर्सेलास्थित एन बी आर स्कुलमा अध्ययनरत स्पर्श अग्रवाल बिहारका पेट्रोलीयम पदार्थ ब्यापारी भानु अग्रवालकी छोरी हुन्। यो अपहरणमा भानुकै गाडी चालक मिथुन पाशवानको संलग्नता खुलेको छ र यसमा बिराटनगरका दुइ व्यक्तिको संलग्नता देखिएको छ। पशवानालाई इनरुवा-५ का दिनेश गुप्ता र अर्का एक चालकको संलग्नता भेटिएको छ। बालिकालाई अपहरण गरेर नेपाल ल्याएको खबर पाएको सूचना गोप्य रुपमा पाएलगतै क्षत्रीय प्रहरी कार्यालय बिराटनगर र केन्द्रीय अनुसन्धान ब्यूरो (सी आइ बी) को टोलि परिचालन भएको थियो। नेपाल प्रहरीको टोलीले बालिकालाई सकुशल उद्धार गर्न धेरै नै मेहनत गरेको पूर्व क्षत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। अपहरणकारीले घरी भेडेटार, घरी इटहरी लगेर प्रहरीलाई चक्मा दिएका थिए। पूर्व क्षत्रीय प्रहरी प्रमुख केशरीराज घिमिरेका अनुसार आइतबार राती मोरङ पथरीस्थित रिता साहको घरबाट अपहरणकारी सहित बालिका लाई सकुशल उद्धार गरिएको हो। अपहरणकारीले ४ दिनयता बालिकालाई पूर्व को विभिन्न ठाउँ मा राख्दै मोटो रकम माग गरिरहेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1

0 Comments