Incident Reports

Court slams 12 years for human trafficker

2016-09-09

The District Court has ordered to sentence Keshav Gyawali, 32 of Badikot VDC of Pyuthan District for 12 years along with Rs 50,000 penalty on September 9 on charge of trafficking 30-year-old woman and her two sons. A single bench of District Court judge Keshav Prasad Bastola has given a verdict regarding the case after finding him guilty on human trafficking. The accused was arrested by the police from Butwal while attempting to traffic woman and her sons duping her of better job and facilities in India. The accused was charged under human trafficking act after receiving complaint from the victim. ३० वर्षीया महिलासहित उनका दुई छोराहरूलाई बेचविखन गर्न भारत लगेको ठहर गर्दै जिल्ला अदालतले प्युठान जिल्ला बाँदीकोट गाविसका ३२ वर्षीय केशव ज्ञवालीलाई भदौ २४ गते जिल्ला अदालतले १२ वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजालसलले प्रमाणको आधारमा आरोपित ज्ञावलीलाई १२ वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको अदालतका श्रेस्तेदार मोहनप्रसाद वेल्वासेले जानकारी दिए । ज्ञावलीले चार महिना अघि भारतमा राम्रो सेवा र सुविधा भएको जागिर लागइदिने भन्दै पीडित महिलाबाट पैसा र उनीसँग भएको सुनसमेत लिई भारततर्फलैजाँदै गर्दा प्रहरीले बुटवलबाट गिरफ्तार गरेको थियो । पीडितका पतिको उजुरीको आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी मानव बेचविखन तथा ओसार पसार अन्तर्गत मुद्दा चलाएको थियो ।

0 Comments