Incident Reports

Janakpur youth stage demonstration demanding legal action against Indian citizen capturing the land of guthi

2016-08-07

Madhes, Dhanusha, Janakpur, Ward 5

Youth of Janakpur staged demonstration demanding legal action against an Indian national, Pashupati Chaitanya Brahmachari for holding dual citizenship and planning to sell the land of Guthi. Police is investigating the case whether Pashupati Chaitanya holds dual citizenship or not. They have informed that if legal actions are not taken against him then they will intensify their agitation. भारतीय नागरिक पशुपति चैतन्य ब्रह्मचारीले दोहोरो नागरिकता लिई गुठीको जग्गा बेचबिखन गर्ने दाउमा रहेको भन्दै स्थानीय युवाहरुले कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् | ब्रह्मचारीबिरुद्द मुद्दा दर्ता हुँदा पनि आवश्यक कारबाही नहुँदा युवाहरु स्वत:स्फुर्त रुपमा बिरोध प्रदर्शन गरेका हुन् | ब्रह्मचारिलाई कारबाही नगरिए कडा आन्दोलनमा उत्रने स्थानीय युवा पुजन सिंहले जानकारी दिए | जनकपुर गुठीको जग्गा भारतीयको कब्जामा जनकपुरधाम २३ साउन जनकपुरमा गुठी संस्थान अधिनस्त जग्गा अबैध रुपमा बिक्री भइरहेको आरोप लागिरहेको बेला गुठीको जग्गा एक भारतीय नागरिकले अबैध रुपमा कब्जा गरेको रहस्य बाहिर आएको छ | गुठी संस्थानको अधीनमा रहेको गिर्नारी कट्टीको जग्गामा एक भारतीय नागरिकले बर्षौदेखि कब्जा जमाएर बसेको तथ्य सार्वजनिक भएको हो | जनकपुर उपमहानगरपालिका वडा नम्वर ६ स्थित गिर्नारी कट्टीको जग्गा भारतीय नागरिक पशुपति चैतन्य ब्रह्मचारीले अबैध रुपमा कब्जा गरेको गुठी संस्थान जनकपुरले जनाएको छ | गुठीको जग्गा कब्जा गर्ने पशुपति चैतन्यसंग भारत र नेपाल दुवै देशको नागरिकता छ | पशुपति चैतन्यका छोरा चन्दन ब्रह्मचारीले समेत जिल्ला प्रशासन कार्यालय धनुषाबाट नेपाली नागरिकता लिएको दाबि गरिएको छ | जनकपुर गुठीको जग्गा भारतीयको कब्जामा जनकपुरधाम २३ साउन जनकपुरमा गुठी संस्थान अधिनस्त जग्गा अबैध रुपमा बिक्री भइरहेको आरोप लागिरहेको बेला गुठीको जग्गा एक भारतीय नागरिकले अबैध रुपमा कब्जा गरेको रहस्य बाहिर आएको छ | गुठी संस्थानको अधीनमा रहेको गिर्नारी कट्टीको जग्गामा एक भारतीय नागरिकले बर्षौदेखि कब्जा जमाएर बसेको तथ्य सार्वजनिक भएको हो | जनकपुर उपमहानगरपालिका वडा नम्वर ६ स्थित गिर्नारी कट्टीको जग्गा भारतीय नागरिक पशुपति चैतन्य ब्रह्मचारीले अबैध रुपमा कब्जा गरेको गुठी संस्थान जनकपुरले जनाएको छ | गुठीको जग्गा कब्जा गर्ने पशुपति चैतन्यसंग भारत र नेपाल दुवै देशको नागरिकता छ | पशुपति चैतन्यका छोरा चन्दन ब्रह्मचारीले समेत जिल्ला प्रशासन कार्यालय धनुषाबाट नेपाली नागरिकता लिएको दाबि गरिएको छ | पशुपति चैतन्यले दोहोरो नागरिकता लिएर गुठीको जग्गा अबैध रुपमा कब्जा गरेको भन्दै उनि बिरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा मुद्दा दर्ता भएको छ | दर्ता गराइएको उजुरीमा उनी भारत बिहार राज्य मुजफ्फरपुरको स्थायी बासिन्दा रहेको उल्लेख छ | भारत बिहार मुजफ्फरपुरका स्थानीय बासिन्दा पशुपति चैतन्य नेपालका धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्वर ६ बाट समेत नेपाली नागरिकताको आधारमा उनले गिर्नारी कट्टीको जग्गा कब्जा गरेर बस्दै आएको उजुरीमा उल्लेख छ | पशुपति चैतन्यले दोहोरो नागरिकता लिएर गुठीको जग्गामा अबैध रुपले कब्जा गरेको उजुरीकर्ता स्थानीय राकेश बिक्रम साहले बताए | विक्रम सम्बत २०६६ कार्तिक ९ गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट चन्दनले प्राप्त गरेको नागरिकता नब्वर १७११०२१८०३ हो | चन्दनले खरिद गरेको भारतीय नम्बरको सवारी अनुमति पत्रमा उनको भारतीय धेगना मुजफ्फरपुर रहेको उल्लेख छ | नेपाली नागरिकता सम्बन्धि ऐन विपरित दुइ देशको नागरिकता लिएर जनकपुरमा अबैध रुपमा गुठीको जग्गा कब्जा गरे पनि स्थानीय प्रशासनले कारबाहीका लागि गम्भीरता नदेखाएको स्थानीयको गुनासो छ | दुई बर्ष अगाडी बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले निर्माण गरेको संरचना भत्काएर भारतीयले गुठीको जग्गा कब्जा गरेर ठुलो महल निर्माण गरेको स्टेशन एरिया युवा कमिटीमा महासचिव समेत रहेका युवा अभियन्ता प्रशान्त झाले बताए | सीडिओ भन्छन - अनुसन्धान जारी छ स्थानीय प्रहरी प्रशासनको सहयोगमा भारतीय नागरिक पशुपति चैतन्य ब्रह्मचारी अबैध रुपमा गुठीको जग्गा कब्जा गरेको स्थानीयहरुको आरोप छ | ब्रह्मचारिको परिवारले नै दुई देशको नागरिकता लिएर गुठी अधीनको जग्गा अतिक्रमण गर्दा समेत स्थानीय प्रहरी प्रशासनले खासै चासो नराख्नु दु:खद रहेको युवा अभियन्ता राकेश बिक्रम साहले बताए | यता धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईं दोहोरो नागरिकता लिएर गुठीको जग्गा कब्जा गर्नेमाथि अनुसन्धान भइरहेको बताएका छन् | अनुसन्धानबाट दोषी देखिए कानूनबमोजिम कारबाही गर्ने उनले बताए |
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown

0 Comments