A youth died in a fatal knife attack last night in Darchula while police have rounded up three persons of the group involved.
The deceased has been identified as Ganesh Kunwar, 22, of Api Municipality – 4. Kunwar died on his way to India for treatment after District Hospital Darchula referred the case. The Hospital source said the victim sustained deep cut injuries to his abdomen and he was bleeding profusely.
A game of Deuda at Chapari of Api Municipality – 5 between two groups had ended up in a brawl on Monday night, it is learnt.
The police have arrested Dhirendra Kunwar, 27, Ramesh Kunwar, 17 and Umesh Kunwar, 16, of Api Municipality – 4, said Inspector, Ranbahadur Chand, of District Police Office (DPO), Darchula.
The police have filed a murder case against the three and launched further investigation into the incident. RSS
चक्कु प्रहारबाट दार्चुलामा आज एक युुवक गम्भीर घाइते भएका छन् । चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कुँवर चक्कु प्रहरबाट घाइते भएका हुन् । घाइते कुँवरको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइतेको पेटमा गहिरो चोट रहेकाले लगातार रगत बगिरहेको अस्पताल स्रोतले जनाएको छ ।
अपी नगरपालिका–५ छापरीको कोटमा डेउडा खेलिरहेका बेला आज बिहान ३ बजेतिर दुई समूहबीच झडप भएको बताइएको छ ।
पक्राउ पर्नेमा दार्चुला अपी नगरपलिका–४ दहका २७ वर्षीय धिरेन्द्र कुँवर, १७ वर्षीय रमेश कुँवर र सोही ठाउँकै १६ वर्षीय उमेश कुँवर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए।
Update
------
Two including juvenile sentenced for murder
Two persons including a juvenile have been sentenced on charges of committing a murder.
14 – year – old Keshav Kunwar (name changed) and Ramesh Singh Kunwar, 17, of Api Municipality – 4 of Darchula have been sentenced, said Deputy Superintendent of Police (DSP) Kedar Khanal of District Police Office, Darchula. "Ramesh has been sentenced to 20 years in prison while Keshav has received a sentence of 10 years and nine months," he added.
Three persons were arrested in accusation of killing Ganesh Singh Kunwar of Api – 4 with a dagger on September 11, 2016. Dhirendra Singh Kunwar, 27, of the same locality was acquitted in the case on which the District Court – Darchula ruled on Sunday.
Meanwhile, Baldev Singh Mahar, 48, of Api – 11 has been sentenced to one year's imprisonment along with a fine of Rs 6,000 on charges related to possession of 2 kilos and 200 grams of hashish. He was arrested on November 21, 2016.
नाबालकसहित दुई जनालाई कैद सजाय
हत्या आरोपमा पक्राउ परेका नाबालकसहित दुई जनालाई कैद सजाय भएको छ ।
कैद सजाय हुनेमा दार्चुला अपि नगरपालिका–४ का १७ वर्षीय रमेशसिंह कुँवर र सोही ठाँउका १४ वर्षीय नाबालक केशव कुँवर (नाम परिवर्तन) रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए । उनले भने “रमेशलाई २० वर्ष कैद सजाय र नाम परिवर्तित केशवलाई १० वर्ष नौ महिना कैद सजाय भएको छ ।”
गएको भदौ २६ गते दार्चुला अपि–४ का २२ वर्षीय गणेशसिंह कुँवरलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका २७ वर्षीय धीरेन्द्रसिंह कुँवर समेत पक्राउ परेको भए पनि धीरेन्द्रले सफाइ पाएको प्रहरीले बताएको छ ।
जिल्ला अदालत दार्चुलाले उनीहरुलाई आइतबार फैसला सुनाएको हो ।
यस्तै दुई किलो २०० ग्राम चरेससहित गत मङ्सिर ६ गते पक्राउ परेका दार्चुला अपि नगरपालिका–११ बांगाबगडका ४८ वर्षीय बलदेवसिंह महरलाई पनि जिल्ला अदालत दार्चुलाले रु छ हजार जरिवानासहित एक वर्ष कैद सजाय सुनाएको छ ।