Incident Reports

Hunger strike in janakpur demanding expansion of Bhittamod-Jaleshwor road

2016-09-13

Madhes, Mahottari, Jaleswor

(Updated) Joint Struggle committee from Mahottari, Dhanusa coordinator Rajkumar Sharma and three other have started hunger strike demanding expansion of road to 6 lane in Bhitamod, Jaleswor of Jankapur from Tuesday, August 13. Naya Shakti Leader Rajkumar Sharma, Maoist Centre Youth Leader Satyendra Yadav, Tarai Madhesh Loktrantrik Party Youth Leader Raman Kumar Thakur and Independent Madhesi Alliance Youth Leader Ranjit Raj Madhesi have started hunger strike from 11am in Pipara Chowk of Jaleswor. जर्जर अवस्थामा रहेको भिटामोड– जलेश्वर– जनकपुर सडक खण्ड यथासिघ्र ६ लेनको निर्माण गर्नु पर्ने माग राख्दैं महोत्तरी धनुषा संयुक्त संर्घष समितिका संयोजक रामकुमार शर्मा सहित चार जना मंगलबारदेखि आमरण अनसनमा बसेका छन्। भिटामोड– जलेश्वर– जनकपुर सडक खण्डको मध्यमा पर्ने पिपरा चौकमा मंगलबार ११ वजेदेखि संर्घष समितिका संयोजक नयाँ शक्तिका नेता शर्मा सहित माओवादी केन्द्रका युवा नेता सत्येन्द्र यादव , तमलोपाका युवा नेता रमण कुमार ठाकुर (आरके रौशन ) र स्वतन्त्र मधेसी गठबन्धनका युवा नेता रञ्जितराज मधेसी आमरण अनसनमा वसेका हुन्। हजारौं समर्थकहरुको उपस्थितिमा चारै जनाले मंगलबारदेखि माग पुरा नहुञ्जेलका लागि आमरण अनसनमा वसेको घोषणा गरेका थिए । आमरण अनसन स्थलमा उपस्थित सहभागिहरुले आमरण अनसनकारीको आन्दोलनमा हरसम्भव साथ र समर्थन दिने भन्दै आन्दोलनकारीको हौसला बढाएको थिए। Update.... सरकारले माग सम्बोधन गर्ने जनाएपछि जनकपुर-भिठ्ठामोड सडक संयुक्त सङ्घर्ष समितिले भदौ २८ गतेदेखि महोत्तरीको पिपरा बजारमा जारी राखेको आमरण अनसन असोज ५ गतेबाट फिर्ता लिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको विज्ञप्ति महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले वाचन गरेपछि पिपरा निवासी ९१ वर्षीय अनुरूद्र मिश्रले अनसनकारीहरूलाई जुस खुवाएर अनसन तोडाएका हुन् । जनकपुर-भिठ्ठामोडको १८ दशमलब ५६ किलोमिटर सडक खण्डलाई ६ लेनको बनाउने अनसनकारीहरूको मागलाई सरकारले गम्भीरतापूर्वक लिएको र सोको सम्भाव्यता अध्ययन गरिने कुरा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएपछि अनसन फिर्ता गर्न आन्दोनकारीहरू सहमत भएका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रेसविज्ञप्ति जारी गरी सो सडक खण्डमा अहिले बनाउन थालिएको चार लेनलाई निर्धारित समय अघि नै सम्पन्न गर्ने, सडक सञ्चालनका लागि दशैँ अगाडि नै मर्मतसम्भार गर्ने र निर्माण कार्यको गुणस्तरलाई जनसहभागितामा अनुगमन गरिने पनि जनाएको छ । गत भदौ २४ गते उक्त सडक खण्डमा ९३ करोड ४३ लाख ९३ हजार पाँच सय ८१ रूपियाँको लागतमा निर्माण हुने चारलेन सडकको शिलान्यास भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले गरेका थिए । यस निर्माणसँगै मुख्य बजार क्षेत्रमा थप दुई लेन बनाइने मन्त्रालयको विज्ञप्तिमा छ । सोको निर्माण अवधि २ वर्ष ६ महिना निर्धारण गरिएको थियो । वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष एवम् नयाँ शक्तिका नेता रामकुमार शर्माको संयोजकत्वमा जनकपुर-भिठ्ठामोड सडक संयुक्त सङ्घर्ष समितिको नाममा आन्दोलन थालिएको थियो । आन्दोलनको क्रममा पछिल्लो दिन अनसन बस्नेहरूमा नयाँ शक्तिका रामकुमार शर्मा, नेकपा माओवादी केन्द्रका सत्येन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका रमणकुमार ठाकुर, स्वतन्त्र मधेस गठबन्धनका रञ्जितराज मधेशी र मिथिलेश्वर दास रहेका थिए । आन्दोलनकारीहरूले उक्त सडकलाई ६ लेन बनाउनुपर्ने र गुणस्तरीयता कायम गर्नुपर्नेलगायतका माग राखेर आमरण अनसन सुरू गरेका थिए । अनसकारीहरूको स्वास्थ्य स्थिति बिग्रँदै आएपछि गत असोज ३ गतेबाट मानव अधिकारीकर्मीहरूको अनुरोधमा सलाइनपानी दिइएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Other forms of non-violent protest
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments