Incident Reports

Two arrested with bribe

2016-09-20

Bagmati, Makawanpur, Hetauda

CIAA regional office Hetauda arrested two men along with one employee of Nepal Electric Authority office, Hetauda. They were arrested for taking rupees 32 thousand as bribe from a service seeker. The arrested have been identified as Dhan Bahadur BK, an office assistant at NEA sales office, Hetauda and Bishnu Prashad Chaulagain, a retired electrician. विद्युतको लाइन जडान गर्न घुस लिने एक कर्मचारीसहित २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडाले मंगलबार पक्राउ गरेको छ । हेटौडा हटिया चिसापानीस्थित उद्योगमा १५ केभिएको लाइन जडान गर्न ३२ हजार घुस लिएको आरोपमा नेपाली विद्युत प्राधिकरण हेटौडा विक्री केन्दमा कार्यरत कार्यालय सहयोगी धनबहादुर बिक र प्राधिकरणबाट अवकाश प्राप्त इलेक्ट्रिसियन विष्णुप्रसाद चौलागाईंलाई अख्तियारले पक्राउ गरेको हो । प्राधिकरणका पुर्व कर्मचारी चौलागाईंले घुस दिने वातावरण निर्माण गरेकाले उनलाई पनि पक्राउ गरेको अख्तियारले जनाएको छ । विद्युत जडान गर्नका लागि सेवाग्राहीसंग ३२ हजार रुपैया माग गरेकाले अख्तियारले ३२ वटा हजारको नोट उपलब्ध सेवाग्राहीलाई उपलब्ध गराएको थियो । सेवाग्राहीले घुसको रुपमा उक्त नोट दिएपछि रकमसहित पक्राउ गरेको अख्तियारका प्रवक्ता नरेन्द्र भट्टराईले बताए ।

0 Comments