Police arrested an elderly man from Pokhara on Wednesday on the charge of sexually abusing a 14-year-old Indian girl. The arrested has been identified as Bir Bahadur BK, 62, resident of Shitaladevi in Pokhara. BK had reportedly raped the victim who worked as domestic helper in his house by threatening her. Police is further investigating into the
incident extending BK's remand on Friday.
घरमा काम गर्न राखेकी वालिकालाई यौन शोषण गरेको आरोपका कास्की प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ ।
आफ्नै घरमा काम गर्दै आएकी करीब १४ वर्षीय भारतीय बालिकालाई डरधम्की दिई यौन शोषण गरेको आरोपमा प्रहरीले पोखरा शीतलादेवी बस्ने ६२ वर्षीय बीरबहादुर विकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका विकलाई जवरजस्ती करणी मुद्दामा शुक्रबार म्याद थप गरी अनुन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
यौन शोषण बारे महिला, बालबालिका कार्यालय कास्कीले अनुसन्धान गरेर कार्वाहीका लागि जिल्ला अदालत कास्कीमा सिफारिश गरेको हो । अनुसन्धानका क्रममा लिइएको बयानमा वालिकाले आफूमाथी पीडक विकले पटक/पटक यौन शोषण गरेको बताएकी छिन् । पोखरा उद्योग वाणिज्य संघको बालश्रम न्यूनीकरण कार्यक्रममा पीडित बालिकाले आफू माथि यौन शोषण भएको लिखित रुपमै जानकारी गराएपछि बुधबार उनको उद्दार गरिएको थियो ।
बाल श्रम न्यूनीकरण कार्यक्रमले जिल्ला बाल कल्याण समिति, महिला तथा बालबालिका कार्यालय र नगरपालिकाको महिला तथा बालबालिका शाखा र जिल्ला प्रहरी कार्यालयलाई उक्त लिखित जानकारी पठाएपछि उनको उद्दार गरिएको प्रहरीले जनाएको छ ।
बालिकाले सुरु सुरुमा विकले खुट्टा माड्न लगाउने गरेको, पछि सम्वेदनशील अंगमा छुने र रातिसँगै लिएर सुतेको लिखित रुपमै जानकारी गराएकी छन् । सुत्दा पटक-पटक विकले आफूसँग यौन सम्पर्क गरेको समेत उनको दाबी छ ।
यो कुरा कसैलाई भने मारिदिन्छु भनेर विकले धम्क्याउने गरेको पीडित बालिकाले उद्धार टोलीसँग बताएकी थिइन् । बालिकालाई माटेपानीको बालबालिका केन्द्रमा पढ्नको लागि पठाउन भन्दा पनि विकले लामो समय पठाएका थिएनन् ।
ती बालिका बालबालिका सम्पर्क केन्द्रमा पुगेको बेलामा आफू यौन शोषणमा परेको बताएपछि घटना बाहिर आएको हो ।