Incident Reports

क्षमता भन्दा दोब्वर थुनुवा, बसोबासमा समस्या

2016-09-25

Karnali, Kalikot, Pachaljharana

जिल्ला प्रहरी कार्यालय कालिकोटमा हिरासतको क्षमता भन्दा दोब्वर थुनुवा भएपछि बसोबासमा समस्या भएको थुनुवाहरूले गुनासो गरेका छन् । जीर्ण अवस्थामा रहेको थुनुवा कक्षमा महिला पाँच जना र पुरुष पाँच जनाको क्षमता छ । तर, अहिले हिरासतमा १५ जना पुरुष, पाँच जना महिला गरी २० जना थुनुवा र दुई जना नाबालक आमाको साथमा रहेका छन् । क्षमता भन्दा दोब्वर भएपछि थुनुवाहरूले सास्ती व्यहोर्नु परेको छ । मानव बस्ने हिरासतमा पशु चौपाय जस्तै सास्तीका साथ बस्नुपर्दा समस्या भइरहेको थुनुवा कृष्णबहादुर शाहीले गुनासो गरे । कपडा पनि नभएको अवस्थामा मान्छे माथि मान्छे बसेर रात काट्नु परेको थुनुवा शाहीले गुनासो गरे । ०७२ वैशाख १२ गतेको भुकम्पले चर्किएर जीर्ण भएको जिल्ला प्रहरी कार्यालय भवन समेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्र खड्काले बताए । क्षमता भन्दा दोब्वर थुनुवा आएपछि दिउँसो बाहिर निकालेर कम्पाउण्डमा राखेपनि रातिको समयमा समस्या हुने गरेको डीएसपी खड्काले बताए ।

0 Comments