Incident Reports

Temporary teachers stage sit-in

2016-09-25

Lumbini, Banke, Nepalgunj

Temporary teachers have staged sit-in before the District Education Office, Banke. Most of the temporary teachers of Banke district were present in the sit-in. The temporary teacher are agitating putting forward three point demand including, subsidies, medical incentives and paid sick leaves, among others for the temporary teachers. नेपालगन्ज - अस्थायी शिक्षकले बाँके जिल्ला शिक्षा कार्यालयमा दिनभर धर्ना दिएका छन् । बाँकेका अधिकांश अस्थायी शिक्षकहरु धर्नामा सहभागी भएका थिए । जिल्ला शिक्षा कार्यालयको मूल गेटमा नै शिक्षकहरुले १० बजे देखि ५ बजेसम्म धर्ना दिएका छन् । तीन सुत्रीय मागसहित अस्थायी शिक्षकहरुले धर्ना बसेका हुन् । अस्थायी शिक्षकलाई प्रतिस्पर्धामा भाग लिन दिनुपर्ने, स्थायी हुन नसकेका शिक्षकलाई उपदान, औषधि उपचार र विरामी विदा वरावरको रकम उपलब्ध गराउनु पर्ने, पहिले र अब स्थायी हुने शिक्षकको शतप्रतिशत अस्थायी सेवा अवधि स्थायी सेवामा गणना गर्नुपर्ने माग राखेर उनीहरु आन्दोलनमा उत्रेका छन् । अस्थायी शिक्षक आन्दोलन समिति बाँकेको नेतृत्वमा सोमबार समेत शिक्षा कार्यालयमा धर्ना दिने अध्यक्ष चेत बहादुर बिष्टले जानकारी दिए । शिक्षा विभागबाट शिक्षक विवरण संकलन गर्ने बहानामा असोज ९ गतेसम्म सात दिने सूचना दिई स्रोत व्यक्ति र प्रअहरुबाट फारम भराउने कार्यको अस्थायी शिक्षकहरुले विरोध र वहिष्कार गरेको अध्यक्ष बिष्टले बताए । शिक्षा विभागले ७ दिने सूचना जारी गरी अस्थायी शिक्षकलाई स्वच्छिक अवकास वा परिक्षा मध्ये एक रोज्न परिपत्र गरेको छ । ९ गते फारम भर्ने अन्तिम मिति तोकिएको छ । अस्थायी शिक्षक संघ बाँकेका अध्यक्ष चेत बहादुर बिष्टले एक पटक सबै अस्थायी शिक्षकलाई परिक्षामा सहभागी गराएर स्वच्छिक अवकासको बाटो खोल्नु पर्ने बताए । उनले शिक्षा ऐनको ८ औ संशोधनमा नै अस्थायी शिक्षकलाई विभेद गरिएको बताए । असार १५ गते नया शिक्षा ऐन आएको हो । ' ऐन लामो समयपछि आयो, तर हाम्रो हितमा आएन', अध्यक्ष बिष्टले भने । उनले परिक्षा, उपदान र सेवा अवधि केन्द्रित गरी आन्दोलन सुरु गरिएको बताए । उनले सात दिने सूचना समेत नियम विपरित आएको दाबी गरे । शिक्षा सेवा आयोगले सूचना जारी गरेको उनले बताए । सो सूचनाले अस्थायी शिक्षकलाई आतंकित बनाएको उनले बताए । बाँकेमा प्राथमिक तहमा १४४, निमावि तहमा ५४ र मावि तहमा ४३ अस्थायी, लियन र सटटा शिक्षक कार्यरत रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जस मध्ये जिल्ला शिक्षा कार्यालयमा ५४ जनाले अस्थायी शिक्षकले फारम समेत भरी सकेका छन् । स्रोत केन्द्र मार्फत समेत फारम संकलन भइरहेका जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदले शिक्षा विभागको निर्देशन बमोजिम नै ७ दिने सूचना जारी गरेको बताए । उनले शिक्षा कार्यालय कार्यान्वयन गर्न निकाय मात्र भएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments