Incident Reports

CIAA arrests DoFE Section Officer with Rs 1mln bribe

2016-10-04

Bagmati, Kathmandu, Kathmandu

The Commission for Investigation of Abuse of Authority (CIAA) said it has arrested two persons, including an official stationed at the Department of Foreign Employment, along with Rs 1 million from Bijulibazaar of Kathmandu. Section Officer Ramesh Lamichhane allegedly demanded the amount as bribe from a service seeker for providing registration certificate to a new foreign employment agency. The CIAA said in a statement that a special team deployed from the CIAA arrested Lamichhane and another man, identified as Anil Poudel, who had gone to handover the bribe to him from a restaurant today. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० लाख रुपैयाँ घुससहित एकजना शाखा अधिकृतलाई पक्राउ गरेको छ। आयोगको विशेष टोलीले १० लाख रुपैयाँ घुससहित वैदेशिक रोजगार विभाग काठमाडौंका शाखा अधिकृत रमेश लामिछानेलाई बिजुली बजारको एक रेस्टुराँबाट पक्राउ गरेको हो। कानुन बमोजिम प्रक्रिया पूरा भई दर्ता गर्नुपर्ने वैदेशिक रोजगार संस्थासँग दर्ता प्रमाणपत्र लिने प्रयोजनका लागि विभिन्न बहानामा घुस मागेको सूचनाका आधारमा खटिएको आयोगको टोलीले पक्राउ गरेको हो। आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले घुस रकम पुर्या‍उने शिक्षक अनिल पौडेललाई समेत पक्राउ गरिएको बताए। यसैगरी आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु रामनरेश रायलाई पनि १२ लाख २५ हजार घुससहित पक्राउ गरिएको जनाएको छ। ईश्वरपुर नगरपालिका–६ का स्वबासीको जग्गा दर्ताका क्रममा प्रतिधुर १० हजारका दरले घुस लिँदालिँदै आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले आइतबार मलङ्गवा–१० पक्राउ गरेको थियो।

0 Comments