Incident Reports

JanaBidroha: Sugar farmers outraged

2016-09-04

Province 1, Morang, Biratnagar

Farmers are outraged after the Eastern Sugar Mill did not gave the money for the sugarcane they bought from the farmers. Sugarcane farmer Ramvilas Mahato said ' Its been 6 months the mill have not paid the amount'. Farmers gathered at industrial organization, Morang said that they will not open the lock of Eastern Sugar Mill if they do not get their payment immediately. इस्टर्न सुगर मिलले उखु कृषकबाट खरिद गरेको उखुको पैसा नदिएपछि कृषकहरु आक्रोशित छन्। 'उखु उठाउन सुरु गरेको महिना दिन पछि भुक्तानी दिन सुरु गर्ने भनेका थिए' उखु कृषक रामविलास महतो भन्छन्-'६ महिना भइसक्यो पैसा दिने टुङ्गो छैन। ' आइतबार उद्योग संगठन मोरङमा भेला भएका कृषकहरुले तत्काल भुक्तानी दिन सुरु नगरे इस्टर्न सुगर मिलमा लगाएको ताला नखोल्ने बताएका छन्। गोल्छा अर्गनाइजेशन अन्तर्गत संचालित सुगर मिल घाटामा गएपछि सेयर बेच्ने तयारी गरेको बुझिएको छ। बिशाल ग्रुपलाई सेयर बिक्रि गर्ने तयारी गरेपछि कृषकको भुक्तानी दिन ढिलो भएको बताइएको छ। आइतबार गोल्छा अर्गनाइजेशनका हितेश गोल्छा र बिशाल ग्रुपका ललित अगर्वाल सहित उखु किसानका प्रतिनिधिबीच छलफल भएको थियो। छलफलमा पुगेका कृषकले तत्काल उखुको भुक्तानी दिन माग गरेका थिए। छलफलपछि मिल संचालकहरुले तीन दिनभित्र निकास दिने सहमति जनाएका छन्। मोरङ-सुनसरी उखु उत्पादक कृषक संघका अध्यक्ष शैलेन्द्र राज पाण्डेले लामो प्रयास पछि मिल संचालक किसानको बक्यौता रकम भुक्तानी दिने बिषयमा लचिलो भएको बताए। उनले भने-'मिल संचालकहरुले बिहिबार सम्मको समय मागेकोले सो दिनसम्म पर्खने र त्यस दिन पनि भुक्तानीको समस्या समाधान नभए थप आन्दोलन गर्ने बताए। आर्थिक बर्ष २०७२/७३ मा मोरङ र सुनसरीका कृषकले सुगर मिललाई बिक्रि गरेको करिब १३ लाख क्वीन्टल उखुको करिब ४५ करोड भुक्तानी दिन बाँकी रहेको बताईएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments