Police has stated that cadres of Netra Bikram Chand-led Maoist party have misbehaved with Dr. Suryakumar Upadhyaya of Mahakali Zonal Aayurved Hospital by smearing black soot on his face accusing him of conducting irregularities in the hospital. The Maoist party cadres accused him of recruiting people in the hospital without fulfilling the legal requirements, charging 12 thousand rupees from the patient against the rule, forcing people to buy medicines from his own medical placed in front of the hospital, and distributing health certificate to people without any prior examination. They smeared black on Dr. Upadhyaya's face on September 6 in his own office in the hospital. District police has informed that they are looking for the people involved in this action.
महाकाली अञ्चल आयुर्वेद औषधालयका चिकित्सक डा. सुर्यकुमार उपाध्यायलाई अनियमितता गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले असोज २० गते मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । अस्पतालमा कानुनी प्रक्रिया नपुर्याई कर्मचारी नियुक्ती गरेको, नियम विपरित अप्रेसनका नाममा सेवाग्राहीबाट १२ हजार रुपियाँ असुलेको, अस्पतालको गेटमा मेडिकल खोली सेवाग्राहीबाट आफ्नै मेडिकलबाट औषधि किन्न बाध्य पारेको र चेकजाँच नगरी निरोगिताको प्रमाणपत्रमा सही छाप गरी बजारमा विक्री वितरण गरेको आरोपमा डाक्टर उपाध्यायलाई असोज २० गते उनकै कार्यकक्षमा विप्लव माओवादीका कार्यकर्ताले मोसो दलेको पीडितले बताएका छन् । मोसो दलेर फर्केका माओवादीका कार्यकर्ताहरूले डा. उपाध्यायलाई कारबाही गरेको उल्लेख गरिएको पत्र समेत छोडेका थिए । डाक्टर माथि अमानवीय व्यवहार गर्ने व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।