[Updated]
Namaste Shuklaphanta Pvt. Transport Committee of Kanchanpur has done vehicular strike at east-west highway for three hours on Sunday demanding action against Mahakali Seti Transport for vandalizing their vehicle. The two sides have been in dispute after a new bus service was launched after the registration of Shuklaphanta Pvt. They have blocked the road by parking a bus in the middle of the road. Later the police team removed the bus and resumes the transport service.
भर्खरै सेवा थालेको नमस्ते शुक्लाफाँटा यातायात प्रालिलाई विगतदेखि सञ्चालित यातायात समितिले अवरोध गर्दा तनाव बढेको छ । पुराना व्यवसायीले बस फुटाइदिएको विरोधमा शुक्लाफाँटाले आइतबार तीन घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेको छ ।
महेन्द्रनगर–काठमाडौं रुटमा जानुअघि तेल भर्न पेट्रोल पम्प पुगेको शुक्लाफाँटा यातायातको ना५ख ४१५० नम्बर बसमा तोडफोड गरिएको थियो । उक्त बस दैजीनजिकै चौधर नदी पुलमा तेस्र्याएपछि यस क्षेत्रको यातायात अवरुद्ध हुन पुगेको हो ।1` ‘महाकाली र पवनदूत यातायात समितिका पदाधिकारी तथा यातायात मजदुरले तेल भर्न गएको गाडी तोडफोड गरे, चालकमाथि हातपात गरे,’ नमस्ते शुक्लाफाँटाका सञ्चालक जनकबहादुर कुँवरले भने, ‘प्रशासनले उनीहरूमाथि कारबाहीको पहल नै गरेन ।’ पुराना समितिले सिन्डिकेट लाद्न खोजेको कुँवरको आरोप छ । ‘अहिले नयाँ प्रालिले ४ वटा बसमार्फत महेन्द्रनगर–काठमाडौं रुटमा सेवा दिन थालेको छ,’ उनले भने, ‘एक–दुई दिनमा थप बस आउनेछन्, एसी र डिलक्स बस मात्रै सञ्चालन गर्ने हाम्रो लक्ष्य छ ।’
महाकाली यातायात समिति अध्यक्ष नवीन भट्ट भने शुक्लाफाँटा यातायात नियमअनुसार नचलेकाले विरोध गरिएको बताउँछन् । ‘हामीले कसैलाई रोकतोक गरेका छैनौं,’ उनले भने, ‘प्रालिको अवधारणअनुसार सबै प्रक्रिया पूरा हुनुपर्ने हाम्रो माग हो ।’ नयाँ बस सञ्चालन गर्नुपर्नेमा शुक्लाफाँटाले पूर्वबाट पुराना बस ल्याएको उनको आरोप छ ।
यसअघि नमस्ते शुक्लाफाँटाले सेवा सुरु गरेका दिन शुक्रबार पनि विवाद भएको थियो । त्यति बेला महेन्द्रनगर–काठमाडौं चल्ने बसको टिकट बुकिङ भइसकेकाले प्रशासनको पहलमा छलफलपछि यातायात सञ्चालन भएको थियो । ‘त्यतिबेला बस चल्न दिने भन्ने सहमति भएको हो’ जिल्ला प्रहरी कार्यालयका एसपी तुलसी अधिकारीले भने, ‘बुधबार फेरि छलफल गरेर टुंग्याउने सहमति थियो तर त्यसअघि नै बस तोडफोड भयो ।’ शुक्लाफाँटाले यातायात सेवा सञ्चालनका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेको देखिएको उनको भनाइ छ । एसपी अधिकारीले बस तोडफोड गर्नेको खोजी भइरहेको बताए ।
Update....
The commuters are stranded due to disruption of public transportation in Kanchanpur since three days due to the dispute between Two Transportation entrepreneurs.
The dispute raised between Mahakali, Pawandoot and Mahakali Tempo transportation committee after the Namaste Suklaphanta Transportation has operated its service.
After their dispute, the transportation entrepreneurs have called on strike which has severely affected the movement of transportation since three days.
Thousands of commuters are stranded in Mahendranagar bus park after the strike.
यातायात व्यवसायीबिच भएको विवादका कारण महाकाली यातायात, पवनदुत यातायात तथा महाकाली टेम्पो तथा ट्याक्सी समितिले आह्वान गरेको यातायात बन्दका कारण तीन दिनदेखि सार्वजनिक यातायात बन्द भएका कारण यात्रुहरू अलपत्र परेका छन् ।
नमस्ते शुक्लाफाँटा यातायात प्रालिले सेवा सञ्चालन गरेपछि महाकाली, पवनदूत र महाकाली टेम्पु यातायात व्यवसायी समिति र शुक्लाफाँटा यातायात प्रालिबिच विवाद भएको थियो ।
यातायात व्यवसायीबिच विवाद भएपछि तीन दिनदेखि महेन्द्रनगरबाट सञ्चालन हुने महाकाली यातायात, पवनदुत यातायात तथा महाकाली टेम्पो तथा ट्याक्सी समितिले सार्वजनिक यातायातहरूलाई अनिश्चितकालका लागि बन्द आह्वान गरेका छन् ।
सार्वजनिक यातायात सेवा ठप्प भएपछि भारतबाट पुर्वी नेपाल तथा पहाडी जिल्ला जान आएका हजारौँ यात्रुहरू महेन्द्रनगर बसपार्कमा अलपत्र परेका छन् ।