Two persons were arrested while they were allegedly trafficking two teenage girls to India, from the Rupaidiha Nepal-India border.
The suspects are Numakanta Bhusal from Devchuli-13 of Nawalparasi and Shiva Bhusal of Banke.
Police said they were trafficking two girls, who hailed from Madhyabindu-7 of Nawalparasi district, via the border point in Banke district.
DSP Rajesh Thapa of the Nawalpur Area Police Office said the suspects would face a case under the Human Trafficking and Transport Act, 2007.
Meanwhile, the Nawalparasi District Court remanded them to custody for further investigation.
It has been learned that Bhusal is a bus driver working along Dang-Delhi route.
Police said the alleged victims have been handed over to the families.
भारत लगिँदै गरेका नवलपरासीको मध्यबिन्दु–७ चोरमाराका दुई किशोरीलाई बाँकेको कोहलपुरबाट उद्धार गरिएको छ । उनीहरूलाई विवाह गर्ने र भारतमा काम
लगाइदिने प्रलोभन देखाइएको थियो ।
नेपालगन्ज–दिल्ली बसचालकले चोरमाराका १७ र १८ वर्षीया दुई किशोरीलाई दिल्ली लैजान बाँके पु¥याएका थिए । स्थानीय विद्यालयमा कक्षा ८ र १० मा पढ्दै गरेका दुई किशोरी गत २८ असोजदेखि हराएका थिए । मामाघर जान भनेर हिँडेका उनीहरू बेपत्ता भएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए ।
कावासोती प्रहरीमा रिपोर्ट गरेपछि उनीहरूको कल डिटेलका आधारमा उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई भारत लैजाने तीनजनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी दलदलेका गोपाल भुसाल भन्ने नुमाकान्त भुसाल र दाङका २७ वर्षीय शिवा भुसाल छन् ।
नुमाकान्त नेपालगन्ज–दिल्ली सञ्चालन हुने बसका चालक हुन् । शिवा भुसाल रेस्टुरेन्ट सञ्चालक हुन् । उनीहरूसँग अर्का एक आरोपित पनि पक्राउ परेका छन् । तर, प्रहरीले तेस्रो व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले किशोरीहरूलाई बिक्री गर्न लैजान खोज्ने बसचालक र बाँकेका होटेल सञ्चालकलाई पक्राउ गरिएको बताए । पक्राउ परेकालाई बुधबार इलाका प्रहरी कार्यालय नवलपुरमा ल्याइएको छ । दुवै किशोरीलाई आफन्तको जिम्मा लगाइएको छ ।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार किशोरीहरूलाई चालकले बाँके बोलाएका थिए । उनीहरू बाँके गएपछि नेपालगन्जको प्युठान भुसाल होटेलमा बन्दी बनाएर राखिएको थियो । उनीहरूको मंगलबार साँझ उद्धार गरिएको हो ।
स्थानीय विष्णु पाण्डेका अनुसार उनीहरूले बालिकालाई ‘प्रहरी प्रशासनमा आफूहरूको पहुँच छ, भागे पुनः समातेर ल्याउने’ भन्दै धम्की दिएर कोठामा राखेका थिए । प्रहरीका अनुसार होटेल सञ्चालकले एउटीलाई केटा बनाएर र अर्कीलाई केटी बनाएर श्रीमान्–श्रीमती भन्दै भारत भन्सार कटाउन खोजेका थिए । त्यसका लागि एक किशोरीको कपालसमेत काटेको अवस्थामा भेटिएको छ ।
प्रहरीले मंगलबार साँझसम्म उद्धार नगरेको भए बुधबार भारत पु-याइसक्ने तयारी थियो । घटनाको अनुसन्धान भइरहेको कारण थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार मुद्दा चलाएर कारबाही अगाडि बढाइने प्रहरी नायब उपरीक्षक थापाले बताए ।