Incident Reports

Prinicipal arrested on charge of attempting rape

2016-09-16

Province 1, Udayapur, Sunkoshi, Ward 5

Principal of Mahendra Primary School Himma, Khadga Bahadur Karki has been arrested on charge of attempting rape of his aunt. Accused principal Karki tried to rape 42-year-old woman from Jatey VDC-8, when she was sleeping alone at her home. According to the police, accused Karki was arrested on the basis of complained filed by the victim on Wednesday. Victim have state that, her neighbor Kamal Bahadur Karki rescued her when he saw principal Karki trying to rape her on 16th September . After the incident, some villagers and relatives pressurized her to compromise and not to make the incident public. यहाँका एक प्रधानाध्यापक हाडनाता करणी आरोपमा पक्राउ परेका छन्। जिल्लाका पहाडी गाविस जाँते-८ स्थित महेन्द्रज्योति प्रावि हिम्माका प्रअ खड्गबहादुर कार्की (बाबुराम) आफ्नै कार्की पर्ने महिलामाथि जबरजस्ती गरेको आरोपमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्याल उदयपुरका अनुसार जाँते ८ भोब्लुङस्थित घरमा एक्लै रहेका बेला ४२ वर्षीया महिलामाथि एक महिनाअघि कार्कीले जबरजस्ती गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो। नातामा काकी पर्ने पीडित महिलाको उजुरीपछि बुधबार कार्कीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताए। पीडितका अनुसार केही वर्षअघिदेखि नै श्रीमान जेठी श्रीमतिसँग अलग्गै बस्दै आएको र एक मात्र छोरा पनि वैदेशिक रोजगारीको सिलसिलामा विदेश रहेकाले आफु घरमा एक्लै रहेको मौका पारी जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ। गत भदौ ३१ गते राति ११ बजे बिरामी अवस्थामा रहेकी महिला ढोकामा आग्लो नलगाई सुतेका बेला भित्र छिरी कार्कीले मुख थुनेर कसैलाई भने परिणाम नराम्रो हुने धम्की दिँदै जवरजस्ती गरेर पीडा दिएको पीडितको भनाई छ। जबरजस्ती गर्दागर्दै छिमेकी कमलबहादुर कार्कीले देखेर होहल्ला गरेपछि गाउँले आएर उनलाई घरबाट निकाला गरेको उनी बताउँछिन्। घट्नापछि गाउँले तथा कार्कीका आफन्तले घट्ना सार्वजनिक नगर्न भन्दै मिल्न दबाब दिए पनि आफू महिला अधिकारकर्मीहरुको सहारा लिएर न्यायका लागि प्रहरी गुहार्न आएको पीडितले बताएकी छन्। पीडितले मंगलबार दिएको उजुरीलगत्तै त्रियुगा नगरपालिका ८ बगाहास्थित घरमा रहेका कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको एसपी केसीले बताए। उनलाई बुधबारै अदालतबाट म्याद थपेर थप अनुसन्धान थालिएको केसीले बताएका छन्। यसैबीच उनी कार्यरत विद्यालयका अभिभावकले कार्की पहिलेदेखि नै गलत आचरणको भएको बताएका छन्। अभिभावकहरुका अनुसार यसअघि पनि यस्ता खालका क्रियाकलाप गर्न खोजेको आरोपमा उनलाई गाउँलेले सचेत गराउँदै आएका थिए। अस्थायी प्राथमिक शिक्षक कार्की पुर्ख्यौली घर भोब्लुङमा बस्दै गाउँको विद्यालयमा कार्यरत थिए। प्रअले अवकाश लिएपछि एकवर्षयता उनी निमित्त प्रअको भूमिकामा थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Local Newspaper - Morang

0 Comments