Incident Reports

Traffic Police ban e-rickshaws in Birgunj

2016-11-10

District Traffic Police, Parsa, has banned e-rickshaws that were operating without licence, in Birgunj from yesterday. Traffic Police Inspector at the District Traffic Police Office Arjun Bhatta said that as many as 274 e-rickshaws were taken under control yesterday and today. Meanwhile, e-rickshaw operators have been protesting the ban. The operators have demanded that Chief District Officer Keshab Raj Ghimire allow operation of rickshaws until November 23, when they will submit applications for licence. More than 900 e-rickshaws are reportedly operating in Birgunj. Local shopkeeper Dharma Nath Sarraf said the move of the traffic police was commendable. “The e-rickshaws were operating haphazardly,” he added. वीरगन्जमा प्रहरीले ई-रिक्सा सञ्चालनमा रोक लगाएपछि चालकहरूले त्यसको विरोध गरेका छन् । मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको निर्देशनमा वीरगन्जमा प्रहरीले बुधबारदेखि ई-रिक्सा सञ्चालनमा रोक लगाएको हो । चालक अनुमतिपत्र नभएको भन्दै प्रहरीले नगरक्षेत्रमा चल्दै आएका ई-रिक्सा पनि नियन्त्रणमा लिएको छ । प्रहरीले नगरका विभिन्न स्थानबाट बिहीबार साँझसम्म दुई सय १४ वटा ई-रिक्सा नियन्त्रणमा लिएर अन्चल प्रहरी कार्यालय वीरगन्ज परिसरमा राखेको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)विना चलाइएका रिक्सा नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए । मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले पठाएको निर्देशनसहितको पत्रका आधारमा लाइसेन्स नभएका ई-रिक्सा सन्चालनमा रोक लगाइएको उनको भनाइ छ । बुधबार दिउँसो प्रहरी र ट्राफिक प्रहरीले नगरक्षेत्रमा यात्रु बोकेर गन्तव्यतर्फ गइरहेका ई-रिक्सालाई नियन्त्रणमा लिन थालेपछि यात्रु पनि आक्रोशित भएका थिए । प्रहरी र ट्राफिक प्रहरीले अचानक बाटोमै ई-रिक्सा नियन्त्रणमा लिएपछि चालकहरू आन्दोलित भएका हुन् । उनीहरूले बुधबार अपराह्न जिल्ला प्रहरी कार्यालय पर्साअघि टायर बालेर केही समय नाराबाजीसमेत गरेका थिए । उनीहरूले बिहीबार बिहान पनि घन्टाघर चोकमा भेला भएर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरे । पूर्वजानकारीबिना प्रहरीले गुडिरहेका ई-रिक्सा नियन्त्रणमा लिएर ‘दादागिरी’ प्रदर्शन गरेको उनीहरूको आरोप छ । वीरगन्जमा ई-रिक्सा चल्न थालेदेखि अहिलेसम्म यातायात व्यवस्था कार्यालयले लाइसेन्स वितरण नगरेको, एक वर्ष केही नभनेको र अहिले त्यो पनि अकस्मात् प्रहरी कारबाहीमा उत्रिएको चालकहरूको भनाइ छ । लाइसेन्सका लागि आफूहरूले निवेदन दिइसकेको र यातायात व्यवस्था कार्यालयले मंसिर ८ गते ट्रायलका लागि बोलाएको अवस्थामा प्रहरीले अचानक ई-रिक्सा नियन्त्रणमा लिनु ‘दादागिरी’ प्रदर्शनबाहेक अरू केही नभएको नारायणी अटो रिक्सा सञ्चालक कम्पनी प्रालिका अध्यक्ष जितेन्द्र पटेलले बताए । ‘लाइसेन्स खुलेकै छैन, कहाँबाट लिनु ? ’, उनले भने, ‘ट्राफिकलाई जतिबेला मन लाग्छ, पक्राउ गर्छ अनि पैसा असुल्छ ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक रवीन्द्र भट्टले भने गत कात्तिक ११ गते नै ई-रिक्सा व्यवसायी संघलाई पाँच दिनको अल्टिमेटम दिइएको दाबी गरे । लाइसेन्स नभएका ई-रिक्सा नचलाउनू भनेर लिखितपत्र नै पठाएको उनले बताए । SP Raju Babu Shrestha said that police had taken the move as per the directive from higher authorities. “We have taken the decision to avoid possible accidents,” he added.
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments