Incident Reports

दलित खानेपानी सुविधाबाट वञ्चित |

2016-11-10

Gandaki, Baglung, Bareng

गैरदलितहरूका घरमा मुहानबाट सीधै पाइप बिच्छ्याई पानी पुर्‍याइए पनि शारदा नगरपालिका ७ ओखरेनीका दलितहरू भने यो सुविधाबाट वञ्चित भएका छन् । गैरदलितहरूले गरेको जबर्जस्तीका कारण दलितहरू पोखरी वा खोलाको दूषित पानी पिउन बाध्य भएका हुन् । ओखरेनीस्थित तल्लो र माथिल्लो गाउँका ४० दलित परिवार खानेपानीको समास्याबाट प्रभावित छन् । ‘हाम्रो पहँच पुगेन, उनीहरूले बलमिच्याइ गरेर हामीमाथि भेदभाव गरे’, स्थानीय प्रेमी विकले भनिन् । दलित बस्तीका बासिन्दाले छरीखोलाको पानी पिउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘हामीलाई पनि पानीको व्यवस्था गर भन्दै आन्दोलन गरे पनि उनीहरूले जबर्जस्ती गरे,’ उनले भनिन् ‘उनीहरूको घरघरमा पानीको सुविधा छ हाम्रोमा छैन ।’ पहिले सबैले एउटै टंकीमा जम्मा भएको पानी लगेर खाने गरेको भए पनि अहिले दलित बस्तीमा पानी नछोडदा समस्या भएको सरिता परियारले बताइन् । मुहानबाटै पाइप जडान गरी लगेकाले दलित बस्तीको टंकीमा समेत पानी जम्मा हुन नदिएको उनले बताइन् । आर्थिक अवस्था कमजोर भएकाले पाइप किनेर घरघरमा लैजान नसकेको उनको भनाइ छ । स्थानीय पुष्पा नेपालीले गैरदलितहरूले अन्य मुहानबाट ल्याएर उपयोग गर्न विभिन्न धम्की दिने गरेको बताइन् । पानी अभावमा सरसफाइ गर्न, चौपायलाई पानी खुवाउन समस्या भएको दलित महिले जनाएका छन् । जथाभावी पाइप लगाएर गैरदलित बस्तीमा लगिएकाले मुहान नै जोखिममा पर्न थालेको स्थानीयको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 40
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
National/Online Media

0 Comments