Incident Reports

Annapurna: Dalit woman's hair chopped off

2016-11-12

Province 1, Udayapur, Triyuga, Ward 12

A dalit woman of Udayapur has been penalized with one of the most severe punishments of today's times as her hair was chopped off. She was accused of stealing a cooking machine. She was 25-years-old, residing in Triyuga Municipality-3, Bagarpur. This horrific act was committed by Laxmi Bhujel (age 32), Sita Rai (age 50) and Laxmi Bhujel (age 47). A mother of 2 sons and 2 daughters Sada was first taken control of and then, her hair was chopped off. Sada claims that she was treated like an animal. However, Laxmi says that they did this because of they were agitated by Sada's constant stealing habits. Law advisor Khamba Singh Koirala says that the women will be punished as per the act of 2027. राणकालिन युगको कठोर सजाय मध्येको एक केस मुण्डन गर्ने कार्य गणतन्त्र आएपछि पनि उदयपुरका महिलाहरुले प्रयोगमा ल्याएका छन । चोरी आरोपमा उदयपुरको त्रियुगा नगरपालिका ३ बगरटोलकी एक २५ वर्षकी दलित महिलालाई केस मुण्डन गरिएको हो। स्थानीयको घरको खाना पकाउने भाडा चोरी गरेको आरोपमा स्थानीय महिलाहरु मिलेर केश मुण्डन गरेको पीडित महिलाले बताएकी छिन । त्रियुगा नगरपालिका ३ स्थित बगरटोल बस्दै आएकी सदालाई स्थानीय ३२ वर्षकी लक्ष्मी भुजेल, ५० वर्षकी सीता राई र ४७ वर्षकी लक्ष्मी भुजेलले कपाल मुण्डन गरिदिएका हुन । दुई छोरा र दुई छोरीकी आमा सदालाई शनिबार बिहान सात बजे घरमै नियन्त्रणमा लिएर कपाल मुण्डन गरिएको थियो । पीडित सदाले भनिन्-'बिहान घरमै बसिरहेको बेला तीन जना छिमेकी महिलाहरु आएर मेरो भाडा चोरी गर्ने यही हो भन्दै नियन्त्रणमा लिएर कपाल काटे ।' आफूलाई मुण्डन गरेको दुखेसो गर्दै उनले भनिन्-'मेरो हात बाँधेर हप्की दप्की गर्दै बाटोमा निकाली अन्य गाउँलेलाई कैची ल्याउन लगाई पशु झै व्यवहार गरेर मुण्डन गरे ।' केस मुण्डन गर्ने तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । गाउँमा चोरी भएको रिपोर्ट गर्दा नगर प्रहरीले चोरी गर्ने सदालाई पक्राउ गरेर कारबाही नगरेकाले आफूहले नै कारबाही स्वरुप मुण्डन गरेको लक्ष्मी भुजेलले बताईन । उनले भनिन्-'समाजमा बारम्बार चोरी गरेकाले गाउँले सबै आजित भएर प्रहरीलाई खबर गरेको तर प्रहरीबाट नै उसलाई जे गरेपनि हुन्छ भनेकाले केस मुण्डन गरका हौं ।' पक्राउ परेका तीन जनालाई सार्वजनिक (सजाय नियन्त्रण) ऐन २०२७ अनुसार सजाय हुने महिला पुनस्थापना केन्द्र ओरेकका कानुनी सल्लाहाकार खम्बसिंह रोईलाले बताए । चोरी गरेकालाई कानुन अनुसार कारबाही हुने व्यवस्था हुदाँ हुदै एक दलित महिलालाई केश मुण्डन गर्नु मानवता विरुद्धको अपराध भएको भन्दै महिला मानवअधिकार रक्षक सञ्जालकी सचिव सर्मिला निरौलाले दोषीलाई कडा कारबाही गर्न माग गरेकी छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Primary Cause Extra-judicial response to crime
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments