Incident Reports

क्षमता भन्दा दोब्वर कैदीबन्दी हुँदा बसोबासमा समस्या

2016-11-17

Karnali, Jumla, Chandannath

जिल्ला कारागार जुम्लामा क्षमता भन्दा दोब्वर कैदीबन्दी हुँदा बसोबासमा समस्या भएको कैदीबन्दीले गुनासो गरेका छन् । जिल्ला कारागार कार्यालयका अनुसार २० जनाको क्षमता रहेको कारागारमा १५ जना कैदी र २२ जना थुनुवा गरी ३७ जना कैदीबन्दी रहेका छन् । दुई ओटा भवन रहेको कारागारमा १० जना पुरूष र १० जना महिला गरी २० जनाको क्षमता भएपनि क्षमता भन्दा दोब्बर कैदीबन्दी भएपछि अन्य पक्षसँगै सुत्न समस्या भएको कारागारका चौकीदार सूर्यबहादुर महरीले बताए । कारागारमा कैदी र बन्दीहरूमा ३४ पुरूष र ३ जना महिला रहेको उनले जानकारी दिए । कारागारमा मनोरञ्जन तथा आवश्यक अन्य क्रियाकलापमा कुनै समस्या नरहेको सहायक प्रमुख जिल्ला अधिकारी तथा जेलर विष्णुप्रसाद न्यौपानेले बताए । कारागारभित्र पुस्तकालय, खेलकुदलगायत अन्य सीपमूलक क्रियाकलाप नहुँदा दिन बिताउन समस्या हुने ताम्ती गाविस-९ घरभई हाल कारागारमा रहेका कैदी राजेन्द्र शाहले गुनासो गरे । उनले भने-‘सीपमूलक तालिम भएको भए समय बिताउन सहज हुने थियो । अरु कारागारमा सीप प्रयोग गरेर कैदीबन्दीले पैसासमेत कमाउँछन् रे !’

मानदत्त रावल

0 Comments