Incident Reports

Educational Institution padlocked

2016-11-16

Master computer, printer and router were among the items stolen from the computer Lab of the campus. Student unions claim that the padlock was in response to the negligence of the campus authority. Theft of computer has affected distance learning program of Masters level as well as computer science studies of bachelors level. सूर्य नारायण सत्य नारायण यादव मोरबैता बहुमुखी क्याम्पस सिरहामा भएको चोरीको घटनाको छानविनको माग गर्दै विद्यार्थी संगठनहरुले बुधबार तालाबन्दी गरेका छन् । विद्यार्थीहरुले क्याम्प्स प्रमुखको कार्यकक्ष, लेखा शाखा र प्रशासन फाटमा तालाबन्दी गरेका हुन् । क्याम्पसमा रहको कम्प्युटर ल्याबबाट मास्टर कम्प्युटर, प्रिण्टर र राउटर चोरी भएपनि क्याम्पस प्रमुख मौन रहेकोले तालबन्दी गर्न बाध्य भएको अनेरास्ववियू, नेवि संघ र अनेरास्ववियू क्रान्तिकारी सिरहाका विद्यार्थीहरुले बताए । उनीहरुले यसअघि आफूहरुले क्याम्पस प्रमुख रामहित यादवलाई ज्ञापन पत्र बुझाएर छानबिन गरि दोषीमाथि कडा कारबाहीको माग गर्दा समेत बेवास्ता गरेकोले तालबन्दी गर्न बाध्य भएको बताए । क्याम्पसमा २४ औं घण्टा पाले रहेको अवस्थामा चोरी हुन रहस्यमय घटना भएकोले आफूहरुले छानबिनको माग गरेको उनीहरुले बताए । उनीहरुले क्याम्पसमा २४ औं घण्टा पाले बस्नु र कम्प्युटर ल्याबको साचो ओडिएल कार्यक्रमका प्रमुख सहायक प्राध्यापक राजेश्वर यादवसँग मात्रै रहेको अवस्थामा चोरी भएकोमा क्याम्पस प्रमुख मौन बसेकोले उनको समेत चोरीमा संलग्नता रहेको आरोप लगाए । क्याम्पस प्रमुख यादवले उक्त घटनाको छानबिनका सहायक क्याम्पस प्रमुख जिबछ यादवको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिसकेको र समितिले दिएको प्रतिवेदन अनुसार कारबाही प्रक्रिया अगाडी बढाउने बताए । कम्पयुटर चोरीले क्याम्पसमा स्नातकोत्तर तहको दुर शिक्षा कार्यक्रम र स्नातक तहको कम्प्युटर साइन्स शिक्षाको कक्षा सञ्चालन प्रभावित भएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments