Incident Reports

Morcha Cadres set fire on Motor bike, Minute captured from the meeting

2016-11-21

Gandaki, Nawalparasi West, Palhi Nandan, Ward 2

The cadres of United Madhesi Morcha have set fire on a motorbike with a registration number Lu1Pa1847. The cadres have set fire on a motorbike belonging to Khada Nanda Pandey at Parasi-Maheshpur road section in Harpur VDC-9. The district coordinator Mukurji Giri of United Madhesi Morcha have taken the responsibility of the incident and warned that the agitation will continue until the constitution is not amended. The southern part of the district is affected by the Agitation announced by the Morcha from November 20. Meanwhile, cadres from Madhesi Morcha have captured the minute book from the meeting held to prepare local level model as per the federal structure. The meeting was held at District Development Committee with a chairmanship of District Development Committee local officer Lal Prasad Adhikari on November 21. The cadres protested and demanded that local level should not be made until the issue on delimitation is not solved. Narayan Parajuli संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले मङ्सिर ६ गते लु १७ प १८४७ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताहरूले सुनवल नपा-५ बनकट्टी निवासी खडानन्द पाण्डेको मोटरसाइकललाई हरपुर गाविस-९ स्थित परासी-महेशपुर सडक खण्डमा आगजनी गरेको पीडितले बताए । भारतको ठुटीबारी बजारबाट गहुँको बीउ ल्याउँदै गर्दा मोर्चाका कार्यकर्ताले मोटरसाइकलमा आगजनी गरेको पीडितले बताए । संयुक्त मधेशी मोर्चाका जिल्ला संयोजक मुकुरजी गिरीले सो आगजनीको जिम्मा लिँदै संविधान संशोधन नगरिएसम्म मोर्चाका आन्दोलनका कार्यक्रमहरू जारी रहने बताए । दीपावली र छठ पर्वमा बन्द खुलाएको मोर्चाले मङ्सिर ५ गतेदेखि सशक्त बन्द गर्ने भनी गरेको घोषणाले जिल्लाको दक्षिणी क्षेत्र प्रभावित भएको छ । यसैबीच, सङ्घीय संरचना अनुसार स्थानीय तहको खाका तयार गर्न बसेको सर्वदलीय बैठकका क्रममा असन्तुष्टि जनाउँदै मधेसवादी दलका कार्यकर्ताले निर्णय पुस्तिका कब्जामा लिएका छन् । जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी लालप्रसाद शर्मा पौडेलको अध्यक्षतामा मङ्सिर ६ गते जिल्ला विकास समितिमा बसेको बैठकमा सर्वदलीय बैठकका संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरूले असहमति जनाउँदै बैठकको निर्णय पुस्तिका कब्जा गरेका थिए । बैठकमा सहभागी अन्य दलका प्रतिनिधिहरू सात वटा नगरपालिकालाई कायम राख्दै आठ वटा गाउँपालिका बनाउन सहमत भए पनि सीमाङ्कनको टुङ्गो नलागेसम्म स्थानीय तह बनाउन नहुने भन्दै मोर्चाका कार्यकर्ताहरूले विरोध गरिरहेका थिए । नारायण पराजुली
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC

0 Comments

Related Trend Analysis