Incident Reports

सिके राउतका ३० कार्यकर्ता पक्राउ

2016-11-25

Madhes, Rautahat, Gaur

तराई अलग देशको माग गर्दै आएका सिके राउतका ३० कार्यकर्ता प्रहरीले गौरबाट पक्राउ गरेको छ। सीमावर्ती क्षेत्रबाट गौरतर्फ प्रवेश गरी प्रदर्शन गर्ने क्रममा क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। गौरको फरन गुड्स चोक, बैंक चोक, हस्पिटल चोक तीन ठाउँमा प्रदर्शन प्रयास गरेपछि प्रहरीले तीन पटकमा ३० कार्यकर्ता पक्राउ गरेको हो। पक्राउ पर्नेमा राउत नेतृत्वको ‘स्वतन्त्र मधेस गठबन्धन’को रौतहट जिल्ला अध्यक्ष अशोक सिंह समेत छन्। ‘दशगजा क्षेत्रबाट छिरेर सदरमुकाममा प्रदर्शन गर्न खोजेपछि सुरक्षाकर्मीले रोकेको हो। ३० जना पक्राउ परेका छन्’, रौतहटका निमित्त प्रहरी प्रमुख डिएसपी नवीनकृष्ण भण्डारीले भने। रंगभेद दिवसको अवसरमा झापादेखि कञ्चनपुरसम्म कार्यक्रम रहेको गठबन्धनले बाँडेको पर्चामा उल्लेख छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Arrest (politically significant)
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Collective tensions related to regional identities
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Tarai-based separatist Organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis