Locals of Khairichandanpur VDC in Bardiya blocked transportation service along Gulariya-Rajapur-Kothiyaghat road on Monday as a protest demanding Khairichandanpur VDC to be included into Rajapur municipality under local level restructuring. They have warned of further intensifying their protest if their demand was not met.
जिल्लास्तरीय पुनर्संरचना समिति बर्दियाले खैरीचन्दनपुर गाविसलाई गाउँपालिकामा नगाभेको भन्दै स्थानीयले चक्काजाम गरेका छन् । चक्काजामका कारण राजापुर टप्पुको जनजीवन प्रभावित भएको छ ।
खैरीचन्दपुरलाई राजापुर नगरपालिकामा गाभिनु पर्ने माग राख्दै सोमबार गुलरिया-राजापुर-कोठियाघाट स्थानीयले सडक जाम गरेका छन् ।
संर्घष समितिका सदस्य दयाशंकर चौधरीले सीमांकन सिफारिसमा खैरीचन्दनपुर गाविस वडा नम्बर १० अन्तर्गत राजापुरमा राखिएकोमा पुन: सच्च्याएर गेरुवा गाउँपालिकामा गाभिएको विरुद्ध चक्काजाम गरेको बताए । आफ्ना माग प्रति वेवास्ता गरिए कडा संर्घषमा उत्रने चेतावनी संर्घष समितिले दिएको छ ।