Incident Reports

अन्तरजातीय विवाह गरेको जोडी हिरासतमा : प्रहरी कार्यालयबाट केटी हराइन्

2016-11-19

Province 1, Morang, Belbari, Ward 1

अन्तरजातीय विवाह गरेकै कारण ४८ घण्टा प्रहरी हिरासतमा बसेका डाँगीहाट–४ भाउन्नेका २३ वर्षीय विवेक परियारको श्रीमति हिरासतबाटै हराएकी छिन् । दुई दिनसम्म हिरासतमा संगै बसेको विवेकको जोडीलाई इलाका प्रहरी कार्यालय बेलबारीले केटापक्ष र केटीपक्षबीच छलफल चलाएको थियो । छलफलमा स्मृति थापाले आफ्नो विवाह विवेकसँग भइसकेको र आफु अब विवेक बाहेक एक्लो बाँच्न नसक्ने अडान लिएपछि माइतीकै पहलमा दुई जनालाई थप हिरासतमा राखिएको थियो । गएको शनिबार विवेकलाई हिरासतमा रहेको समयमा राती ११ बजेतिर आठ नौ जना युवाहरु प्रहरी कार्यालयमा आएर धम्की दिएको विवेकले बताए । ‘तत्कालै स्मृतिलाई छोड्नु , नत्र राम्रो हुँदैन भन्दै धम्की दिए ,’उनले भने । आइतबार राती हिरासतमै माइती पक्षले स्मृतिलाई कुटपिट गरी हात खुट्टा बाँधेर मुखमा पट्टी लगाइ उपचार गर्न लैजाने भन्दै श्रीमतिलाई लगेको विवेकले बताए । उनीहरुले लगेदेखि स्मृतिको केही अत्तोपत्तो नभएको र आफु थप अन्यौल र अन्यायमा परेको विवेकले दुखेसो पोखे । डाँगीहाट–४ भाउन्नेका २३ वर्षीय विवेक परियार र सोही ठाउँकी १९ वर्षीया स्मृति थापाले प्रेमविवाह गर्दा केटीका माइतीपक्षबाट केटाकेटी सम्र्पकमा ल्याउन भन्दै विवेककी माइजू विष्णु छिनाललाई प्रहरी हिरासतमा राखिएको थियो । लामो समयदेखि प्रेममा रहेका विवेक र स्मृतिले ३० कात्तिकमा भागेर विवाह गरेका थिए । विवेक र स्मृतिले प्रेमविवाह गरेपछि केटीको माइती पक्षले दलितले छोरी लगेको भन्दै असन्तुष्टि जनाउँदै प्रेमविवाह गराउने मतियार भन्दै माइजू विष्णुदेवीलाई पक्राउ गराएको थियो । केटी पक्षकै आग्रहमा इलाका प्रहरी कार्यालय बेलबारीले विष्णुदेवीलाई नियन्त्रणमा लिएर एक दिन हिरासतमा थुनेको थियो । शुक्रबार दलित अधिकारकर्मीले दबाब दिएर केटा र केटीलाई हाजिर गराउने बताएपछि विष्णुमायालाई हिरासत मुक्त गरिएको थियो । केटा पक्षले बिहे गरिसकेको जोडीलाई अलग गराउन प्रहरीले सघाएको आरोप लगाएको छ । कानुनअनुसार राजीखुसी प्रेमविवाह गरेर गएपछि कसैले पनि उनीहरूका अभिभावक वा आफन्तलाई मतियार बनाएर दुःख दिन नमिल्ने दलित अधिकारकर्मी प्रकाश दासले बताए । दुई पक्षबीच आफुहरुले सकारात्मक ढंगबाट छलफल चलाए पनि केटीको उमेर नपुगेको हुँदा आफुहरुले केटाकेटी दुवैको पक्षमा आपसी सहमतिबाट मेलमिलाप गराउन खोजेको र केटीको स्वास्थ्य अवस्थामा केही समस्या आएको कारण परिवारमा जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर मेघराज थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
National/Online Media

0 Comments