After the talks between the government and Dr Govinda KC's team ended inconclusively Tuesday, various medical organizations have threatened to launch stringent protests from Wednesday.
Eight organizations of the doctors and medical students have urged the Nepal Medical Association (NMA) on Tuesday to ask the doctors and health workers across the country to launch strong protests from Wednesday to put pressure on the government to address the demands of Dr KC and save his life.
Dr KC's condition has become serious Tuesday, 17th day of his hunger strike. This is the longest among his 10 hunger strikes so far. His earlier longest strike was for 16 days from July 10-15 in 2016 while the shortest had lasted for four days in July 2012.
Issuing a joint statement on Tuesday, Nepal Resident Doctors Association (NRDA), Nepal Medical Students Society, Doctors Society of Nepal, Resident's Association of NAMS, National Doctors Association Nepal, Solidarity of Medical
Fraternity Nepal, Junior Residents Welfare Society and Solidarity for Prof Dr GKC Alliance have asked the NMA to play a vital role to save Dr KC's life.
Meanwhile, the NRDA, which has already boycotted academic activities in the Institute of Medicine for over a week, has decided to boycott all the services except emergency at TUTH from Wednesday in support of Dr KC's demands.
A group of doctors staged a protest program in front of Bir Hospital on Tuesday in support of Dr KC.
Health Minister Gagan Kumar Thapa visited Dr KC on Tuesday morning to enquire about his condition.
१८ दिनदेखि अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन जोखिममा परे पनि सरकार गम्भीर नभएपछि त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरले आन्दोलनको दायरा बढाएका छन्।
बुधबारदेखि इमर्जेन्सीबाहेक सबै सेवा रोकेर उनीहरूले आन्दोलन चर्काएका हुन्। यसअघि शैक्षिक कार्यक्रम बहिस्कार गरी वार्ड र ओपिडिमा सेवा दिइरहेको रेजिडेन्ट डाक्टरहरू अब इमर्जेन्सीमा मात्र संलग्न हुने भएका हुन्।
‘डा. केसीको जीवनरक्षामा सरकार गम्भीर देखिएन, त्यसैले हामीले वार्ड र ओपिडि पनि नजाने निधो गर्यौं,’ रेजिडेन्ट डाक्टर एसोसिएसनका अध्यक्ष डा. लिजन महर्जनले सेतोपाटीसँग भने, ‘इमर्जेन्सी सेवामा हामी खटिनैरहेका छौं।’
त्रिभुवन विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा कनिष्ठ व्यक्ति केपी सिंहलाई डिन नियुक्त गरेसँगै केसीले सत्याग्रह थालेका हुन्। वरिष्ठताका आधारमा डिन नियुक्ति गर्ने चार पाँच वर्षयताको थिति तोडेर त्रिवि उपकुलपति तीर्थ खनियाँले सिंहलाई नियुक्त गरेपछि केसीले सिंह र खनियाँ दुबैको बर्खास्त मागेका छन्।
वरिष्ठताका आधारमा प्राध्यापक डाक्टर जगदीश अग्रवाल डिन नियुक्त हुनुपर्ने हो। राजनीतिक दलको भागबन्डामा सिंहलाई नियुक्त गरिएको र देशमा व्याप्त मेडिकल माफियाहरूलाई सहयोग गर्न त्रिवि, दलका नेता लागेको केसीले बताउँदै आएका छन्। तीन महिनामात्र सेवाअवधि भएका सिंहको नियुक्ति राजनीतिक स्वार्थका लागि भएको केसीको भनाइ छ।
संसदमा विचाराधिन चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने, मेरिटका आधारमा तोकिएको शुल्कमा मेडिकल कलेजहरूले एमबिबिएस भर्ना लिइनुपर्नेलगायत दस बुँदे माग राखी केसी अनसन बसेका हुन्। विगतमा सत्याग्रह तोडिँदा पटक–पटक सम्झौता भए पनि सरकारले केसीका माग पूरा गरेको छैन।