Incident Reports

Hotel and vehicles vandalized during agitation against decision to split state number 5

2016-12-01

Lumbini, Rupandehi, Butwal

Cadres of CPN UML resorted to vandalism on hotel and vehicles in Butwal on the second day of the agitation against proposal to split state number 5. Protestors vandalized Kasturi hotel in Butwal for defying the bandh. Similarly, they also vandalized a cycle at Devinagar and an autorickshaw at Dipnagarchowk. सीमांकन हेरफेरविरुद्धको आन्दोलन अराजक बन्दै गएको छ । एमाले कार्यकर्ताहरुले दोस्रो दिन पनि रुपन्देहीको बुटवल बन्द गराएका छन् र प्रदर्शनकारीले होटल कस्तुरीमा तोडफोड गरेका छन् । बन्द अवज्ञा गरेको भन्दै उनीहरुले होटल कस्तुरीमा तोडफोड गरेका हुन् । यसैगरी देबीनगरमा मोटसाइकल र दीपनगर चोकमा अटो रिक्सामा तोडफोड भएको छ । राजमार्ग चौराहामा यात्रु बस तोडफोडको प्रयास भए पनि प्रहरीले रोकेको थियो । अखण्ड पाँच नम्बर प्रदेशको माग गर्दै सुरु भएको आन्दोलनले जनजीवन प्रभाबित भएको छ । बुटवल बहुमुखी क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, वाणिज्य क्याम्पसलगायतबाट विद्यार्थी नेताहरुले नेतृत्व गर्दै जुलुश निकालेका थिए । जुलुशले बुटवल बजार परिक्रमा गरी मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्ने नेविसंघ केन्द्रीय उपाध्यक्ष प्रकाश रानालगायतले सीमांकन हेरफेरको निर्णय नसञ्चाएसम्म आन्दोलन कुनै हालतमा नरोकिने बताएका थिए । एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियु र जनमोर्चा निकट अनेरास्ववियु छैठौंले पनि विहीबार बिहानैदेखि टायर बालेर बिरोध प्रदर्शन गरेका थिए । सत्तारुढ कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता पनि संशोधन प्रस्तावको बिरोधमा सडकमा निस्किएका छन् । यसैगरी एमाले कार्यकर्ताहरुले भैरहवा बन्द गराएका छन् । युवा संघ र अनेरास्ववियुका कार्यकर्ताहरु बुद्ध चोकमा भेला भएर टायर बाल्दै प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण लामो तथा छोटा दुरीका गाडी चलेका छैनन् । शिक्षण संस्था बन्द छ । बजारमा बन्दको आंशिक प्रभाव परेको छ भने बैंक र वित्तीय संस्था खुल्लै छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Demonstration
Weapons Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
Total damaged Buildings 1
Totally damaged Vehicles 2
National/Online Media , Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis