Incident Reports

Jumla docs start agitation in support of Dr KC

2016-12-01

Karnali, Jumla, Chandannath

Doctors and employees of Karnali Academy of Health Sciences have started an agitation expressing solidarity with Doctor Govind KC who is on hunger-strike demanding reforms in the health sector. As a part of the agitation all health services except emergency have been halted in the academy. Secretary Chetan Bahadur Rokaya of the Academy said that the agitation would continue until doctor KC's demands were fulfilled. Patients and service seekers have been affected by the agitation. लामो समयदेखि स्वास्थ्य क्षेत्रको विकृतिविरुद्ध आन्दोलनरत प्राध्यपक डा. गोविन्द केसीको समर्थनमा जुम्लामा आन्दोलन शुरु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक तथा कर्मचारीले आकस्मीक बाहेकका सवै सेवा वन्द गरेर आन्दोलनमा उत्रिएका हुन्। अस्पतालको प्रशासनिक र ओपिडी सेवा वन्द भएपछि सेवाग्राही मर्कामा परेका हुन्। शिक्षण अस्पतालका सचिव चेतनबहादुर रोकायाले स्वास्थ्य क्षेत्रको उन्नती प्रगतिका लागि उठाइएका डा. केसीका माग पुरा नहुन्जेलसम्म आन्दोलन जारी रहने बताए। ‘पहिलो दिन ओपिडी र प्रशासनिक काम ठप्प पारेका छौं’, उनले भने, ‘मागलाई अझै बेवास्ता गरिए सडकमै उत्रिएर आन्दोलनका कार्यक्रमलाई अघि बढाउँछौं।’ आकस्मिक र वार्डका विरामीलाई हेर्छौ तर ओपिडीका विरामीको स्वास्थ्य जाच गर्न सक्दैनौ चिकित्सक डा. हरीहर देवकोटाले भने। स्वास्थ्य क्षेत्रको विकासका लागि उठेको मागलाई वास्ता नगर्ने सरकारी रवैयाप्रति हाम्रो विरोध छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments