Incident Reports

Protest in Nuwakot against statute amendment proposal

2016-12-02

Bagmati, Nuwakot, Bidur

CPN UML affiliated ANNFSU has staged a protest in Nuwakot district headquarter Bidur against the government's statute amendment proposal. The protestors took out a rally from Adarsha Bahumukhi Campus chanting slogans against the government and converged into a mass assembly at Bidur chowk. Speaking at the assembly ANNFSU chairman Bishnu Dahal demanded the amendment proposal to be withdrawn citing that the government had floated the amendment proposal with the intention of splitting the nation. सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै नुवाकोटमा विद्यार्थीले प्रद्रर्शन गरेका छन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नुवाकोटको सदरमुकाम विदुरमा विरोध प्रदर्शन गरेको हो । आदर्श बहुमुखी क्याम्पसबाट निस्केको विद्यार्थीको जुलुसले सरकार विरोधी नारा लगाउदै प्रदर्शन गरेको छ । सबै प्रदर्शनकारीले नेपाली झण्डा बोकेर संविधान संशोधन प्रस्तावको विरोध गरे । सदरमुकामको वट्टार, संगमचोक, मदननगर, शैन्य तालिम केन्द्र हुँदै प्रदर्शनकारी विदुर चोकको कोण सभामा सहभागी भएका थिए । जुलुसको नेतृत्व अनेरास्ववियु नुवाकोटका अध्यक्ष विष्णु दाहालले गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै उनले सरकारले देश टुक्राउने नियतसहित संविधान संसोधन प्रस्ताव दर्ता गरेकाले तत्काल फिर्ता हुनुपर्ने बताए । प्रदर्शनमा अनेरास्ववियुका पदाधिकारी तथा सदस्यले स्वाभिमानी नेपालीका लागि संविधान संसोधन प्रस्ताव स्वीकार्य नभएको कारण विरोध गरिएको बताए। भारतको इसारामा संशोधन प्रस्ताव आएको र यसले देश टुक्रन सक्ने भन्दै सचेत हुनुपर्ने बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis