Incident Reports

Tharu community protest demanding realignment of Nawalpur

2016-12-03

The Tharu community at Danda in Nawalparasi district staged a protest demanding realignment of Nawalpur, currently in Province 4, with Province 5. Under the banner of the Tharu Kalyankarini Sabha, the protesters obstructed the East-West Highway for an hour. थारु बाहुल्यता भएको क्षेत्रलाई प्रदेश नम्बर ४ मा राखिएको भन्दै नवलपरासीको डण्डामा थारु कल्याणकारिणी सभाले शनिबार बिरोध प्रदर्शन गरेको छ । नवलपरासी जिल्लाको परासी क्षेत्र र नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ र ५ मा विभाजन गरिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । नवलपुर क्षेत्र थारु बाहुल्य भएको क्षेत्र भन्दै आफूहरुको पहिचानका लागि ५ नम्बर प्रदेशमा समाहित गर्नुपर्ने भन्दै थारु समुदायले नाराबाजीसहित पूर्व–पश्चिम राजमार्ग १ घण्टा अवरुद्ध पारेका हुन्् । उनीहरुले ‘थारू मास्न पाइँदैन, प्रदेश नं. ४ गाभ्न पाइँदैन’ लगायत नारा लगाएका थिए । तराईका भूमिपुत्रको मागबारे सरकार मौन बसेको भन्दै सशक्त आन्दोलनमा जाने समेत चेतावनी दिइएको छ । विरोध सभामा थारु कल्याणकारिणी सभा नवलपरासीका अध्यक्ष गणेश महतोले आदिमकालदेखि भूमिको रक्षा गर्दै आएका थारु समुदायको पहिचान मेटिनेगरी गरिएको सिमाङ्कन आफूहरुलाई मान्य नभएको भन्दै तत्काल संविधान संशोधनमार्फत् नवलपुरलाई समेत ५ नम्बर प्रदेशमा राख्नुपर्ने बताए । थारु समुदायले नाराबाजी गर्दै दिउँसो २ देखि ३ बजेसम्म पूर्व–पश्चिम राजमार्गको डण्डामा सवारी आवागमन ठप्प पारेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Various Indigenous Parties incl. Tharu
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis