Incident Reports

Demonstration staged in Kathmandu demanding 5 state

2016-12-05

Bagmati, Kathmandu, Kathmandu

At a time when the dispute over the border demarcation of 7 state model of federalism is peaking, People's Democratic Party Nepal staged a demonstration in Kathmandu, demanding a 5 state federal model. Cadres of the party took out a pressure rally from Sundhara which converged into a corner assembly at Shantibatika in Ratnapark after circling the town. Vice-chairman of the party Nejarul Ansari informed that the party had staged the program demanding a provision of Directly elected presidential system, 5 state federal system, and local body election. सात प्रदेशको सीमांकन विवाद चर्किरहेका बेला जन प्रजातान्त्रिक पार्टी नेपालले पाँच प्रदेश बनाउन माग गर्दै राजधानीमा प्रदर्शन गरेको छ । राजधानीको सुन्धाराबाट सुरु भएको दबाव र्‍याली नगरपरिक्रमासहित शान्तिवाटिका रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय शासन व्यवस्था, शुद्धलीय पार्टी प्रणाली, पाँच संघीय राज्य र अधिकतम सहमतिमा यथाशिघ्र स्थानीय निकायको निर्वाचनको माग गर्दै जनप्रदर्शन गरिएको सो पार्टीका उपाध्यक्ष नेजारुल अन्सारीले जानकारी दिए । र्‍यालीमा पार्टीका महासचिव गोविन्द शर्मा पौडेल लगायत सबै केन्द्रीय नेता तथा कार्यकर्ता र सर्वसाधारण सहभागी थिए । कोण सभामा बोल्दै उपाध्यक्ष अन्सारीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय शासन प्रणाली लागू गर्न जोड दिए भने प्रवक्ता राजीवलोचन रिमालले स्थानीय चुनावको मिति छिटो घोषणा गर्न माग गरे । उपाध्यक्ष मीना वीक र चेवन तुम्वांगले पनि पार्टीको नीति तथा कार्यक्रमबारे प्रकाश पारेका थिए । हालको शासन प्रणालीले ऐतिहासिक परिवर्तनको उपलव्धीलाई संस्थागत गर्न नसक्ने भएकाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय शासन पद्दतिका पक्षमा सबै दलहरु सहमत हुुनुुपर्ने र संविधान संशोधन मार्फत सो व्यवस्था शिघ्र लागू गर्नुपर्नेमा जनप्रजातान्त्रिक पार्टी नेपालले जोड दिँदै आएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis