Incident Reports

छुवाछुत गर्ने घरबेटी धरौटीमा छुटिन

2016-11-21

Gandaki, Kaski, Pokhara Lekhnath

लोक तथा दोहारी गायक आयुष परियारलाई डेराबाट निकाल्ने घरबेटी सुष्मा खनाललाई जिल्ला आदालतले दोषी ठहर गरेको छ । न्यायधिश विष्णुप्रसाद गौतमको इजलाशले शुक्रबार पुजारीलाई दोषी ठहर गर्दै ७ हजार रुपैया जरिवाना फैसला सुनाएको हो । सरकारवादी हुने जातीय विभेदको मुद्दामा जिल्ला सहायक न्यायाधिवक्ता स्वतन्त्र न्यौपाने र जाहेरवालाको तर्फबाट अधिवक्ता शिव सुनारले बहस गरेका थिए । प्रतिवादी सुष्मा खनालको पक्षमा वैतनिक वकिल दिपक पौडेलले बहस गरेका थिए । यसअघि गत भदौमा न्यायधिश गौतमकै इजलासले खनाललाई भदौ ५ गते २५ हजार रुपैया धरौटी बुझाएर तारेखमा रिहा गरेको थियो । पोखरा ५ शान्तिनगर चोकमा कालाकार आयुष परियारलाई दलित भएकैले घरबेटी सुष्मा खनालले गत सुन १२ गते जातीय विभेद भएको भन्दै जाहेरी दिएपछि खनाललाई पक्राउ गरि हिरासतमा राखेको थियो । कलाकार आयुष परियारले आदालतको फैसलाको स्वागत गर्दै खुसि वक्त गरे । उनले क्षतिपूर्तिको नतोकीएकोमा भने असन्तुष्टि व्यक्त गरे । आधिव्कता शिव सुनारले सजाय कति भयो भन्दा पनि दोषी ठहरिनु महत्वपूर्ण भएको बताए । उक्त फैसलाले जातीय विभेद गर्न निरुत्साहित गर्ने उनको धारणा छ । सार्वजनिक मात्र नभई निजि ठाउमा पनि जातीय आधारमा विभेद गर्न नपाइने संबिधानमै उल्लेख छ । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय एन) ३०२८ ले जातीय विभेद गर्नेलाई तिन महिनादेखि तिन वर्षसम्म कैद, १ हजारदेखि २५ हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । पीडकले क्षतिपूर्तिस्वरुप २५ हजार रुपैयादेखि १ लाख रुपैया सम्म पीडकलाई उपलव्ध गराउनुपर्ने पनि उल्लेख छ । सार्वजनिक पद धारण गरेको व्यक्तिको हकमा भने यो सजाय दोबार हुन्छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Secondary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments