Incident Reports

Darshan: Citizens of five vdcs staged sit-in at DDC

2016-11-22

Province 1, Udayapur, Triyuga

Gaighat, Nov 23- The five VDCs of Udaypur district staged sit-in at District Development Committee, Udaypur from Tuesday against the decision made by local re-structuring technical committee to make Bhutar the center of Rautamai village unit. Similarly, Chilaune Khabu VDC of the same area was also decided to merge into Triyuga Municipality. But the locals of that area want to merge Chilaune Khabu VDC in Rautamai Municipality and make its center Rauta-9, Chisapani. From Tuesday, nearly 350 unsatified citizens of that area gheraod the DDC office and had obstructed the work process of the office. गाईघाट , ८ मंसिर - स्थानीय पुनःसंरचना प्राविधिक समितिले रौता माई गाउँपालिकाको केन्द्र भुटार निर्धारण गरेपछि उदयपुर जिल्लाका पाँचवटा पहाडी गाविसका जनताले सो कार्यको विरोध गर्दै मंगलबारदेखि जिल्ला विकास समिति उदयपुरमा धर्ना सुरु गरेका छन् । जिल्लाका राजनीतिक दल र स्थानीय पुन:संरचना प्राविधिक समितिले जिल्लाका पहाडी गाविस रौता, पोखरी, आँपटार, लाफागाउँ, भुटारसहितका गाविसलाई एकीकरण गरेर रौतामाई गाउँपालिका निर्धारण गरेर यसको केन्द्र भुटार निर्धारण गरेको थियो। यस्तै सोही क्षेत्रका चिलाउने खाँबु गाविसलाई त्रियुगा नगरपालिकामा गाभ्ने निर्णय गरेको थियो । तर सो क्षेत्रका स्थानीय जनताले भने चिलाउने खाँबु गाविसलाई पनि रौतामाई गाउँपालिकामा नै गाभेर यसको केन्द्र रौता-९ चिसापानीमा राख्नुपर्ने माग गर्दै दवाबस्वरुप मङलबारदेखि जिविस घेराउ सुरु गरिएको आन्दोलनका नेत्रित्वकर्ता महेन्द्र कार्कीले बताएका छन् । आफूहरुको माग पूरा नभएसम्म र सम्बन्धित निकायले गरेको निर्णय पुन:संरचना नगरेसम्म आफूहरुले दैनिक जिविस घेरेर कार्यालयका कामकाज नै ठप्प बनाउने कुरा रौता-९ का कुमार काफ्ले बताउँछन् । काफ्लेका अनुसार मंगलबार नै आफुहरुको मागका बारेमा जिविस र जिल्ला प्रशासन कार्यालय उदयपुरमा समेत ज्ञापनपत्र बुझाएर आन्दोलन सुरु गरिएको हो। मंगलबारदेखि सम्बन्धित क्षेत्रका झन्डै साढे तीनसय असन्तुष्ट जनताले जिविस कार्यालय उदयपुर घेराउ गरेर कार्यालयको दैनिक काममा समेत अवरोध स्रीजना गरेको जिविस उदयपुरले समेत बताएको छ । आन्दोलनकारीमध्ये भुपाल कार्की भन्छ्न्, "केही नेताको स्वार्थका लागि रौतामाई गाउँपालिकाको केन्द्र भुटार राखिएको छ । यो तत्काल खारेज गरेर रौता-९ मा स्थापना हुनुपर्दछ र चिलाउने र साउने गाविसलाई पनि यसैमा समाहित गर्नुपर्छ । " अहिले दैनिक जिविस घेराउ गर्ने यतिले पनि आफूहरुको माग सुनुवाइ नभए पाँच गाविसका झन्डै चारहजार जनताले गाईघाटको सडकदेखि जिविसको कार्यालय सम्म ठप्प बनाएर कडा आन्दोलन गर्ने समेत कार्कीले बताए । यस विषयमा स्थानीय पुनःसंरचना प्राविधिक समितिका पदाधिकारीले भने कुनै प्रतिक्रिया दिन मानेका छैनन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 350
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments

Related Trend Analysis