Incident Reports

Demonstration and agitation makes normal life difficult in Gulmi

2016-12-13

Lumbini, Gulmi, Resunga

The demonstrators have wear a black arm band and protested against the government in the 14th day of agitation. The Gulmi district is continuously closed for the 14th day against the government proposal of dividing province number 5. A running protest has been organized in the district against the government in order to pressurize to withdraw amendment proposal according to joint revolutionary committee of Gulmi. The demonstration was organized by the youth students along with the participation of parliamentarian Kamala B.K of CPN ML, political parties and locals. The rally was converted into triangle assembly after reaching in front of District Administration Office. While addressing the rally, parliamentarian B.K said that dividing province number 5 is against the benefit of the people. She protested against the government proposal of amending constitution. The normal lives of the people in the district are getting harder due to the continuous protest. The main market, government offices and educational sector has been affected by the Band. सरकारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै आन्दोलनको चौधौँ दिन प्रदर्शनकारीले कालो पट्टी बाँधेर दौड जुलुश प्रदर्शन गरेका छन् । सरकारले संविधान संशोधन गरी पाँच नम्बर प्रदेश टुक्र्याउन लागेको विरोधमा लगातार बन्दको चौधौँ दिन पनि गुल्मी जिल्ला बन्द गरिएको छ । संशोधनको विरुद्धमा आन्दोलन चर्किएको धेरै दिन बित्दा समेत सरकारले कुनै सुनुवाइ नगरेको भन्दै छिटो संशोधन प्रस्ताव फिर्ता ल्याउन दबाव दिन दौड जुलुश प्रदर्शन गरिएको संयुक्त सङ्घर्ष समिति गुल्मीले जनाएको छ । युवा विद्यार्थीको अगुवाइमा निकालिएको जुलुशमा नेकपा मालेकी सांसद कमला विश्वकर्मासहित विभिन्न राजनीतिक दल, नागरिक समाज र स्थानीयको सहभागिता रहेको थियो । सदरमुकाम तम्घासको उदिनढुङाबाट टाउकोमा कालोपट्टी बाँधेका युवाहरूले नाराबाजीसहित जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभा गरेका थिए । कोण सभामा संसद विश्वकर्माले पाँच नम्बर प्रदेशबासी जनताको हित विपरित ल्याएको प्रस्ताव आफ्नो पार्टी र आफूलाई मान्य नभएको भन्दै आन्दोलन गरिएको बताउँदै भनिन्-‘यदि मतदान भएपनि बिफल बनाउन लाग्छौँ ।’ मङ्सिर १४ गतेदेखि जिल्ला बन्द हुँदा जनजीवन कष्टकर बन्दै गएको छ । बन्दकर्ताले बिहानैदेखि बन्द गराउँदै हिँडेकाले जिल्लाको सदरमुकाम तम्घाससँगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन ठप्प छन् । गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य सङ्घ, पत्रकार महासङ्घ, नागरिक समाज, नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दललगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ । सरकारले ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीका अध्यक्ष भुवनप्रसाद श्रेष्ठले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments

Related Trend Analysis