Incident Reports

Tharuhat carry torch rally in Kanchanpur

2016-12-08

Sudurpashchim, Kanchanpur, Belauri, Ward 6

Tharuhat joint struggle committee staged torch rally at Belauri-11, Kanchanpur on Thursday on the eve of it's general strike in Kailali and Kanchanpur on Friday. Citing that Kailali and Kanchanpur were not mentioned in the statute amendment proposal filed by the government Tharuhat/Tharuwan Struggle Committee has announced general strike on Friday in Kailali and Kanchanpur. The struggle committee is demanding formation of two states in Terai, one from Jhapa to Chitwan and another, comprising southern districts of Nepal from Nawalparasi to Kanchanpur. बेलौरी, २३ मंसिर - शुक्रबार कैलाली र कन्चनपुर बन्दको घोषणा गरेको थरुहट/थारुवान संयुक्त संघर्ष समितिले बन्दको पुर्वसन्ध्यामा बिहिबार कन्चनपुरको दक्षिणी क्षेत्रमा राँके जुलुस प्रदर्शन गरेको छ । नेपाल सरकारले केही दिन अगाडी संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा कैलाली र कन्चनपुरलाई उल्लेख नगरेको भन्दै शुक्रबार हुने कैलाली कन्चनपुर बन्दलाई सफल पार्न बिहिबार साँझ साढे छ बजेदेखि सवा सात बजेसम्म बेलौरी वडा नं ११ मा रहेको कलकत्ता बागबजार परिक्रमा पछि कोण सभा गरिएको थरुहट/थारुवन संयुक्त संघर्ष समितिका नेता तथा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका जिल्ला अध्यक्ष पुष्कल चौधरीले बताए। कन्चनपुर-कैलालीसहित नवलपरासीसम्मका तराईका जिल्लाहरुलाई एक प्रदेश र पुर्वी तराईको झापा, मोरङ, सुनसरी सहितको अर्को गरी तराईका दुई प्रदेश हुनेगरे गरी संशोधन प्रस्ताव ल्याउनु पर्ने, आन्दोलनका क्रममा थरुहट-थारुवन आन्दोलनकारीमाथी टीकापुर घटनाको अभियोग सहित लगाइएका सबै मुद्धा निशर्त खारेज गरिनु पर्ने, पुर्पक्षका लागि थुनिएका आन्दोलनकारीहरुलाई क्षतिपुर्ती सहित रिहाइ गरिनु पर्ने, फरारको सूचिमा रहेका थरुहट-थारुवान आन्दोलनकारी माथि लगाइएको मुद्धा निशर्त खारेज गरिनुपर्ने, आन्दोलनका क्रममा भएका घाइतेहरुको औषधीपचार सहित क्षतिको यकिन विवरण संकलन गरी क्षतिपूर्तीको व्यवस्था गरिनु पर्ने लगायतका माग गर्दै विधेयक सच्याउनु पर्ने माग सहित आमहड्तालको घोषणा गरिएको नेता चौधरीले जानकारी दिए । त्यस्तै बिहिबार थरुहट/थारुवान संयुक्त संघर्ष समिति, कन्चनपुर र कैलालीमा अलग-अलग प्रेस विज्ञप्ति समेत जारी गरिएको छ । जारी विज्ञप्तिमा आमहड्ताल अवधीभरी सम्पुर्ण व्यापार व्यवसाय, उधोग, यातायात, शैक्षिक संस्था, सरकारी गैर सरकारी संस्था एक दिनका लागि बन्द गरी सहयोग गरिदिन सबैमा अनुरोध गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Tharu and other plain indigenous groups
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur , Local Newspaper - Kailali

0 Comments

Related Trend Analysis