Incident Reports

Teachers and civil servants in Arghakhanchi join protest

2016-12-18

Lumbini, Arghakhanchi, Sandhikharka

Teachers and civil servants in Arghakhanchi have joined ongoing protest against constitutional amendment bill. They joined the protest on the third day of the three-days of bandh called by the United Struggle Committee. The protesters padlocked District Administration Office, District Development Committee on Sunday. ५ नम्बर प्रदेश टुक्र्याउने प्रस्तावको विरोधमा अर्घाखाँचीमा सरकारी कर्मचारी र शिक्षक पनि आन्दोलनमा उत्रिएका छन् । संयुक्त संघर्ष समितिले गरेको तीनदिने अर्घाखाँची आमहड्तालको तेस्रो दिन आइतबार केही कर्मचारी र शिक्षक आन्दोलनमा सहभागी भएका छन् । बिहानैदेखि सन्धिखर्क र चुत्राबेंसी बजारमा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका आन्दोलनकारीले १० बजे सबै सरकारी कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । जिल्ला प्रशासन, जिविस लगायत सबै कार्यालयको मूलगेटमै तालाबन्दी भएपछि कर्मचारी भित्र पस्न समेत पाएनन् । धेरैजसो कर्मचारी प्रदेश टुक्र्याउन नहुने पक्षमा छन् । केही कर्मचारी विरोध प्रदर्शनमा उत्रिएका छन् । ‘यो कुनै पाटीविशेषको आन्दोलन होइन, कर्मचारी भए पनि हामी नागरिक पनि हांै, प्रदेश टुक्र्याउने सरकारको गलत कामको विरोध गर्नुपरेको हो,’ एक कर्मचारीले भने, ‘सरकारले जनतालाई दु:ख दिनु हुँदैन, विरोध आएपछि प्रस्ताव फिर्ता लिनुपर्छ ।’ आइतबारको आन्दोलनमा स्वत:फूर्त सरकारी कर्मचारीसमेत सहभागी भएको संघर्ष समितिका संयोजक विष्णु मुस्कानले बताए । कार्यालयभित्रै क्वाटरमा बस्ने प्रमुख जिल्ला अधिकारी लगायत केही कार्यालय प्रमुखमात्रै भित्र छन् । सरकारले ५ नम्बर प्रदेशको तराई र पहाड टुक्र्याउने प्रस्ताव जनविरोधी र राष्ट्रघाती भएकाले आन्दोलनका विभिन्न स्वरुपअनुसार आइतबार सरकारी कार्यालयमा तालाबन्दी गरिएको संघर्ष समितिका सदस्य एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष झविलाल थापाले बताए । ‘जिल्ला प्रशासन लगायत सबै कार्यालयमा ताला लगाएका छांै,’ उनले भने, ‘आमहड्तालको आज अन्तिम दिन हो । दिनभर कार्यालय गेटमा धर्ना दिने, विभिन्न सांगीतिक गीत र नृत्य प्रस्तुत गरेर विरोध भएको छ । सरकारले हाम्रो मागलाई बेवास्ता गरेको छ । बेलुका समितिको बैठक बसेर थप आन्दोलनका कार्याक्रम घोषणा गछौं ।’ बिहानैदेखि सदरमुकामका बजारबाट नाराबाजी गर्दै सरकारलाई थप दबाब दिन कार्यालयमा तालाबन्दी गरिएको कांग्रेस महासमिति सदस्य वासुदेव आचार्यले बताए । उनले ५ नम्बर प्रदेशका अर्घाखाँची, गुल्मी र पाल्पालाई तराईंका जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासीसँग विभाजन गरिएको प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलनलाई चर्काउने उनले बताए । आफ्नै पार्टी सरकारमा सहभागी भए पनि प्रदेश टुक्र्याउने काम गलत भएकाले विरोधमा उत्रिनु परेको उनले बताए । कार्यालय बन्द भएपछि कर्मचारी बाहिरै चौरमा बसेका छन् । स्कुल बन्द भएपछि शिक्षक पनि आन्दोलित छन् । सदरमुकाम मात्रै नभएर गाउँ–गाउँमा समेत विरोध प्रदर्शन भइरहेको छ । सरकारी कार्यालयमा आन्दोलनकारीले तालाबन्दी गरे पनि झडप भएको छैन । तीन दिन हड्तालमा अस्पतालबाहेक सबै सरकारी कार्यालयमा सेवाग्राही आएनन् । ‘आन्दोलनको बेला सेवाग्राही नै आएका छैनन,’ अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले टेलिफोनमा भने, ‘कार्यालयमा चरोमुसो कोही छैन, सुनसान छ । काम नभएपछि के गर्नु घाम तापेर बसेका छौं ।’ आन्दोलनकारीले हिंसात्मक क्रियाकलाप केही नगरेकाले जिल्ला शान्त रहेको उनले बताए । सेवाग्राही नै नआएपछि हाजिर गर्ने र घाम तापेर बस्नु परेको उनले बताए । अर्घाखाँची जिल्ला प्रशासनको गेटमा तालाबन्दीपछि धर्ना दिँदै आन्दोलनकारी ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis