Incident Reports

Women rights defender dies suspiciously

2016-12-09

Sudurpashchim, Kailali, Lamkichuha

Saraswati Basutel (age 42), a resident of Lamki Chuha V.D.C has died mysteriously. She died on the second last day of the 16 days campaign against gender based violence on December 9. Saraswati's husband Balaram Basutel says that she drank poison and killed herself after she returned from a program held to celebrate campaign against gender based violence. Police have however, arrested both Balaram and his father on the basis of the statement given by Saraswati's family, accusing the duo of murdering Saraswati. In a press release held at Tikapur on Sunday, Saraswati's family claimed that Saraswati was murdered by her husband. Her brother, Chakra Timilsina, claims that this is a sure-shot murder. It is reported that Saraswati consumed poison and her husband and father-in-law took her to the hospital without letting anyone know. Saraswati was married 28 years back. And she didn't give birth to a children for a long time as a result of which, she had to suffer from physical and mental violence, her family claims. लम्की चुहा नगरपालिकाकी अधिकारकर्मी सरस्वती बसुटेल, ४२ को रहस्यमय ढंगले मृत्यु भएको छ। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अघिल्लो दिन मंसिर २४ गते उनको मृत्यु भएको हो। अभियानकै क्रममा लम्कीमा आयोजित सभालाई सम्बोधन गरेर घर फर्किएकी सरस्वतीले विष सेवन गरेर आत्महत्या गरेको श्रीमान बालाराम बसुटेलले बताए। तर उनका माइती पक्षले भने श्रीमान र ससुरा कृष्णप्रसाद बसुटेलले हत्या गरेको आरोप लगाएका छन्। माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले बाबुछोरा दुवैलाई हिरासतमा राखेको छ। आइतबार टीकापुरमा माइती पक्षले पत्रकार सम्मेलनको आयोजना गरी हत्या नै गरेको दाबी गरेका छन्। उनका भाइ चक्र तिमिल्सिनाले हत्या नै हो भन्ने थुप्रै आधार रहेको बताए। ‘मोवाइल फुटेको, चुराका टुक्रा यत्रतत्र भेटिएका, घाँटी, टाउको र निधारमा चोट लागेको छ’, उनले भने, ‘यो भन्दा ठूलो आधार उनीहरुले घटनाका बारेमा हामीलाई जानकारी दिएनन्।’ साँझ ७ बजे सरस्वतीले विष सेवन गरेको बताइएको छ। माइती पक्षले तीन घण्टापछि मात्रै अर्कै मान्छेबाट घटनाको जानकारी पाएको बताए। तिमिल्सिनाका अनुसार छरछिमेकीलाई समेत कुनै जानकारी नदिई बाबुछोराले एम्बुलेन्समा राखेर उपचारकालागि नेपालगञ्ज लगेका थिए। लम्कीस्थित लालरत्न अस्पतालमा उपचार गर्नुको साँटो उनीहरुले नेपालगञ्ज लैजाने क्रममा बर्दियाको भूरिगाउँमा मृत्यु भएको बताउनु नै शंकास्पद रहेको उनले बताए। नजिकै रहेको प्रहरीलाई समेत माइती पक्षले फोन मार्फत घटनाका बारेमा जानकारी दिएको उनले बताए। उनले सरस्वतीको मृत शरीरलाई नुहाइधुवाई गरिएको र सबै गरगहना निकालिएको बताए। ‘श्रीमतीले विष सेवन गरिन भने उपचार गर्छन् कि नुहाइधुवाइ गरेर शरीरमा भएको गरगहना निकाल्छन’, उनले भने। घटना भएको समयमा आफू रोजगारीका क्रममा युएइमा रहेको बताउँदै उनले धेरै पटक फोन सम्पर्क गर्दा पनि बाबुछोराले रिसिभ नगरेको बताए। सरस्वतीको २८ वर्षअघि बालारामसँग बिहे भएको थियो । उनीहरु निसन्तान छन्। यसअघि पनि सन्तान नभएको भन्दै शारीरिक र मानसिक यातना दिने गरेको माइती पक्षको आरोप छ। १० वर्षदेखि कान्छा छोराको घरमा बस्दै आएका ससुरा सोही दिन सरस्वतीको घरमा रहेको अनुसन्धानका क्रममा देखिएको बताइएको छ। उनीहरुसँगै बस्दै आएकी देवरकी ८ वर्षीया छोरी केही दिनदेखि राति सुत्न आफ्नै आमाबुबा कहाँ जान थालेकी बताइन्छ । उनीमाथि पटक पटक हिँसा भएको माइती पक्षको भनाइ छ। तर ती हिंसाका घटनालाई स्थानीय स्तरमै मिलापत्र गरेर टुङ्ग्याइने गरेको उनीहरु बताउँछन । घरभित्रै पाएको हिंसा सहन नसकेर उनी महिला अधिकारका क्षेत्रमा होमिएकी थिइन्। उनी विभिन्न संघसंस्थामा रहेर अधिकारका क्षेत्रमा क्रियाशील थिइन्। यसवर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नेतृत्वसमेत उनैले गरेकी थिइन । उनी नेपाली काँग्रेसको भगिनी संगठन नेपाल महिला संघ लम्की चुहा नगरको सभापति समेत हुन्। उनी यसअघि नगर स्तरीय अन्तर पार्टी महिला सन्जालको अध्यक्ष समेत भैसकेकी थिइन्। उनको मृत्यु शंकास्पद भन्दै दुई दर्जन बढी संघसंस्थामा आवद्ध महिलाहरुले सत्यतथ्य छानविनको माग गरेका छन् । महिलाहरुले विज्ञप्ति जारी गर्दै हिंसा विरुद्धको आन्दोलनमा उनले पुर्याएको योगदानको प्रशंसा गरेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments