Incident Reports

Protest in Bardibas demanding arrest of Tiwari's murderer

2016-12-20

Madhes, Mahottari, Bardibas

Cadres of CPN-UML affiliated Youth Force staged demonstration and road block for an hour in Bardibas on Tuesday protesting against the killing of Rupandehi chairman of the youth wing, Durga Tiwari on Monday. The protestors demanded immediate arrest of those involved in the murder of Tiwari. युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यारालाई अविलम्ब पक्राउ गर्नुपर्ने माग गर्दै नेकपा एमाले समर्थित नेता कार्यकर्ताहरुले बर्दिवासमा मंगलबार दिउँसो जुलुस प्रर्दशन गर्नुका साथै एक घण्टा चक्का जाम गरेका छन्। नेकपा एमाले समर्थित नेता कार्यकर्ताहरुले पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बर्दिवासमा हत्यारालाई अविलम्ब पक्राउ गर्नुपर्ने माग गर्दै जुलुससहित एक घण्टा चक्का जाम गरेका छन्। दिउँसो एक बजेदेखि दुई बजेसम्म एमालेका नेता कार्यकर्ताहरुले मानवकडी बनाएर चक्का जाम गर्दा पूर्व–पश्चिम लोकमार्ग भएर चल्ने सावारी अवागमन ठप्प हुन पुगेको थियो। चक्का जामका कारण सवारी अवागमन ठप्प हुँदा गन्तव्यतर्फ हिँडेका यात्रुहरुलाई समस्याको सामाना गर्नु परेको थियो। नेकपा एमालेको भ्रातृ संगठन युवा संघ महोत्तरीको नेतृत्वमा सडकमा उत्रेका नेकपा एमालेका सयौं संख्याका नेता कार्यकर्ताहरुले घटना भएको दुई दिन बितिसक्दा पनि प्रहरीले हत्यारालाई पक्राउ गर्न नसकेकोमा आक्रोश व्यक्त गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । रुपन्देहीको देवदह नगरपालिका ८ मा अज्ञात समूहले तिवारीको दिउँसै गोली हानी हत्या गरेको थियो। पाँच नम्बर प्रदेश विखण्डनविरुद्ध आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका तिवारीको हत्याले युवा संघलाई अपूरणीय क्षति पुगेको युवा संघ महोत्तरीको कथन छ। Update Names of people involved in the murder of Durga Tiwari, Chairman of the Youth Wing Rupandehi was made public on 26th February. Manoj Pun was found to be the mastermind behind this killing and Pun alongside 5 others have absconded henceforth. Police have made the list of 12 people public who were involved in the killing. युवा संघ रुपनदेहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपनदेहीले आइतबार सार्वजनिक गरेको छ। तीमध्ये मूख्य योजनाकार मनोज पुन नै भएको उल्लेख गरेको छ। साथै हत्यामा संलग्न १२ जनाको सूची सार्वजनिक गरेको छ। तीमध्ये मूख्य योजनाकार पूनसहित पाँचजना फरार छन्। रुसार्वजनिक गरिएका अभियुक्तमा देवदह नगरपालिका-६ का ३१ बर्षीय बसन्तबहादुर चापगाइ, तिलोत्तमा नगरपालिका-१५ का २७ बर्षीय बुद्धिसागर यादव र २४ बर्षीय राजेश यादव तिलोत्तमा-८ का प्रयास भनिने खेमानन्द भट्टराई, देवदह नगरपालिका-८ का २३ बर्षीय सागर थापा, रुपन्देही धकधई-८ परासी झुंगाका २८ बर्षीय अंगद थारू र देवदह नगरपालिका-९ का २८ बर्षीय अंगद थारू र देवदह नगरपालिका-९ का २८ बर्षीय रिशिश्वर कुमाल छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth unknown
National/Online Media

0 Comments