Incident Reports

Dalit couple ostracized on charge of inter-caste marriage

2016-12-16

Lumbini, Gulmi, Kaligandaki, Ward 2

The villagers at Arweni VDC-5 have ostracized 81 years old elderly man Lal Bahadur Sunar and 42 years old Sabitra Neupane on charge of having relationship. The victim complained that the couple were intimidated by the villagers by tying them after finding Sabitra in Lal Bahadur’s house on December 16. They were ostracized from the village by 150 locals led by VDC office assistant Jhabi Lal Neupane according to the victim’s 37 years old son Anuj Sunar. The victim Sabitra Neupane’s nephew Chintamani Neupane accepted that they were beaten and ostracized from the village. He added that it was not only his decision but the decision of all villagers to ostracize them from the village. The victims complained that their houses were vandalized by the locals. The victims were compelled to sign the papers before ostracizing them from the village. Chief District Officer Krishna Prasad Dhungana said that if the complaint is registered and and they were found guilty of ostracizing the couple, it will have a legal consequences. अर्वेनी गाविस-५ का ८१ वर्षीय लालबहादुर सुनारले सोही स्थानकी ४२ वर्षीया सावित्रा न्यौपानेसँग प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले दुवै जनालाई गाउँ निकाला गरेका छन् । पुस १ गते लालबहादुरको घरमा बसेको अवस्थामा सावित्रालाई भेटाएपछि स्थानीयले उनीहरूलाई बाँधेर निर्घात कुटपिट गरी गाउँ निकाला गरेको पीडित पक्षको आरोप छ । अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपाने र सावित्राका ४३ वर्षीय भतिज चिन्तामणी न्यौपानेको अगुवाइमा करिव १ सय ५० जना स्थानीयले एक्कासी उनीहरू दुवै जनालाई गाउँ निकाला गरेको पीडित लालबहादुरका ३७ वर्षीय छोरा अनुज सुनारले बताए । गाउँ निकालाको कागजमा दुवै जनालाई जबरजस्ती औँठा छाप गर्न लगाई गाउँ निकला गरिएको उनले बताए । पीडित सुनार कुटाई खाएको पाचौँ दिनसम्म पनि हिँड्न नसक्ने अवस्थामा रहेको पीडितका छोरा अनुजले बताए । उनको गोडामा लाठी प्रहारका कारण बनेका निल डामहरू रहेको पनि उनले बताए । उनीहरू दुवैलाई बाँधेर कुटपिट गर्दै गाउँ डुलाएर गाविसमा पुर्‍याई गाउँ निकाला गर्ने कागजी निर्णय गराएको स्वयम् चिन्तमणी न्यौपानेले स्वीकार गरे । उनले भने-‘आफूले मात्र नभएर गाउँका सय-ढेढ सय जनाले गाउँ निकाला गर्ने निर्णय गरेको हो ।’ पीडित लालबहादुरको घर पनि भत्काइएको पीडित पक्षको आरोप छ । स्थानीयको ठूलो समूहले धम्क्याउँदै जलाउँ कि भत्काउँछस भनेपछि आफूले उनीहरूकै आँखा अगाडि घर भत्काउन बाध्य भएको उजुरी दिन सदरमुकाम आएका छोरा अनुजले बताए । गाउँलेको डरले वन पसेका पीडित दुवै जनालाई उनका छोरा र आफन्तजनले दुई दिनपछि घरदेखि धेरै टाढाको बिच जङ्गल र अनकन्टार भिरमा भेटाएका थिए । दुई दिन दुई रात सम्म जंगलमा बसेका उनीहरूलाई त्यहाँका दलितहरूले गाउँ फर्काए पनि बस्ने बास र खाने गास नहुँदा ती दुवै विचल्लीमा परेका छन् । गाउँ निकलाको निर्णय सुनाउँदै मलाई हस्ताक्षर गर्न लगाएका हुन् विकले भने-‘त्यत्रो गाउँ घोप्टिएपछि म बोल्न सक्ने कुरै भएन हस्ताक्षर गर्न बाध्य भएँ ।’ घटनाका बारेमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले पीडित पक्षले जाहेरी दिए घटनाको सत्य तथ्य बुझेर दोषी ठहरिए कारबाही हुने बताए । जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले तत्काल पुर्तिघाट प्रहरी चौकीलाई घटनाको बारेमा सत्य तथ्य बुझ्न पठाएकाले बुझेर कारबाही गर्ने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Secondary Form Banishment/shunning
Weapons Blunt weapon
Primary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 150
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC , National/Online Media , Local Newspaper - Rupandehi

0 Comments