Incident Reports

Farmers troubled by wild elephant organize protest rally

2016-12-26

Locals of Punarwas municipality in the south of Kanchanpur district, who have long been tormented by wild elephants have staged a demonstration in district headquarter Bhimdattanagar on Monday demanding a permanent solution to the problem of wild elephant menace. As a part of their agitation the locals took out a protest rally and submitted memorandum at District Administration Office, an end to the problems faced by the farmers due to the wild elephants. कञ्चनपुरको दक्षिण क्षेत्र पुनर्वास नगरपालिकामा जङ्गली हात्तीबाट पीडित बनेका स्थानीयवासी समस्याको दिगो व्यवस्थापनको माग गर्दै आन्दोलित बनेका छन् । सयौँको सङ्ख्यामा सोमबार सदरमुकाम भीमदत्तनगरमा जम्मा भएका पीडितले विरोध ¥यालीको आयोजना समेत गरे । सीमा क्षेत्रका विभिन्न समस्या समाधानको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएका पीडितले जङ्गली हात्तीको कारण किसानमा पर्न गएको समस्या समाधानका लागि पहल गर्न स्थानीय निकायसँग माग गरेका छन् । सो क्षेत्रमा लगाएको सयौँ बिगाहाको उखु, गहुँखेती भारतीय नेसनल पार्कबाट आउने जङ्गली हात्तीको बथानले सखाप पारेपछि पीडितले क्षतिपूर्ति र हात्तीको दिगो व्यवस्थापनका लागि पहल गरिदिन माग गरेको जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले बताए । हालसम्म हात्ती पीडित किसान र हात्तीको आक्रमणबाट ज्यान गुमाएकालाई गरी रु १२ लाख ७० हजार क्षतिपूर्ति दिइसकेको उहाँले बताए । वन कार्यालयले ६८ जना पीडित किसानलाई क्षतिपूर्ति दिन क्षेत्रीय वन निर्देशनालयलाई सिफारिस समेत पठाएको छ । “अझै १३० भन्दा बढी निवेदन परेका छन् ।” वन अधिकृत शर्माले भने– “पीडितको पहिचान हुने काम भइरहेको छ ।” वनको नियम अनुसार पीडितलाई रु तीन हजारदेखि बढीको रु १० हजारसम्म क्षतिपूर्ति स्वरुप रकम प्रदान गरिएको वन कार्यालयले जनाएको छ । “विद्युतीय उपकरण जडान गरेर हात्ती रोक्न सके हुन्थ्यो, यसका लागि हामीले माथिल्लो निकाय र दातृ निकायलाई पनि गुहार गरेका छौँ ।”
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments