Incident Reports

दलित अगुवाद्वारा नै दलितमाथि विभेद : खाना छोएको भन्दै दुव्र्यवहार

2016-12-26

Karnali, Jumla, Tatopani

RSS हाकु गाविसका एक परियार थरका दलित दलितभित्रकै विभेदले अन्यायमा परेका छन् । विभेदका कारण यसरी अन्यायमा पर्ने हाकु– ८ हाकु गाउँकै ४१ वर्षीय रामलाल परियार हुन् । उनी सार्की थरका दलितबाट अन्यायमा परेका हुन् । परियारको परिवारमा पाँच जना छन् । दलितभित्र हुने बिहेबारी, भोजभतेर र सार्वजनिक कामकाजमा सहभागी हुन आफूलाई सामाजिक रुपमा बहिष्कार गरिएको पीडित परियारले बताए । उनले हाकु गाविसमै भएको एक सार्वजनिक कार्यक्रममा सार्की थरका दलित अगुवाद्वारा आफूलाई सामाजिक काममा सहभागी हुन, खान, बस्न र अन्य कार्य गर्न वञ्चित गरिएको पीडा व्यक्त गरे । उनले भने, “जातीय विभेद गर्नुहुन्न, छुवाछुतको भावनाको अन्त्य गर्नुपर्छ भन्ने कार्यक्रम ल्याउने दलित अगुवाले नै आफ्ना छोराको बिहेमा भतेर छोएको भन्दै दुव्र्यवहार गर्नुभयो ।” उनीविरुद्ध आफूले दलित सेवा सङ्घ र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए पनि प्रहरी चौकीमा मिलाउन जिम्मा दिइयो तर समस्या नसुल्झेर आफू पीडामा परेको उनले बताए । चौँतिस घरधुरी सार्कीका अघि आफ्नो एक घरधुरी भएको बताउने परियार अहिले पनि न्यायको खोजीमा भौँतारिरहेका छन् । अब आफ्नो मानवाधिकारको रक्षा र न्याय प्राप्तिका निम्ति राष्ट्रिय मानवअधिकार आयोग, अदालत र प्रशासन धाउने उनले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Dalit
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments