Incident Reports

OPD shut for last 22 days

2016-12-27

Gandaki, Kaski, Pokhara Lekhnath

The outpatient department at the Gandaki Medical College and Teaching Hospital in Pokhara is shut for the last 22 days because of the strike enforced by the doctors who are demanding raise and permanent positions for tenure doctors. The protest has affected the people visiting the hospital, according to the hospital CEO, Santosh Khanal. He said though the hospital administration was ready to sit for talks, the doctors were reluctant to come to the negotiating table. Dr Gopi Prasad Hirachan, one of the protesting doctors, however, claimed that it was the hospital administration unwilling to address their demands. (PR) विभिन्न माग राखेर चिकित्सक आन्दोलनमा उत्रिएपछि गण्डकी मेडिकल कलेजको अस्पतालमा २२ दिनदेखि ओपीडी सेवा बन्द छ । गण्डकी मेडिकल कलेज फ्याकल्टी एसोसियसनको नामबाट निष्कासित चिकित्सकको पुनर्वहाली, करारका कर्मचारीको स्थायी, समयसापेक्ष तलब वृद्धि र समयमै तलब पाउनुपर्ने मागसहित चिकित्सक आन्दोलनमा उत्रेका हुन् । उपचारका लागि आकस्मिक कक्षमा ल्याइएका बिरामीसमेत भर्ना हुन नपाई अन्यत्र ‘रेफर’ गर्नुपर्ने बाध्यता आएको छ । कलेज प्रशासनले समस्या समाधानका लागि कुनै पहल नगरेको आरोप आन्दोलनरत चिकित्सकको छ । ‘तीन वर्षसम्म कार्यरत चिकित्सकलाई हटाएको, स्थायी नगरेको र तलबसमेत वृद्धि नभएकाले आन्दोलनमा उत्रिएका हौं,’ संघर्ष समितिका संयोजक डा. गोपीप्रसाद हिराचनले भने, ‘प्रशासनले माग पूरा गर्नैपर्छ ।’ साढे ४ वर्षदेखि तलब वृद्धि नभएको र २४० दिन काम गरिसकेपछि स्थायी गरिनुपर्नेमा नभएको उनले बताए । २०६९ फागुन १३ मा प्रत्येक दुई वर्षमा तलब समायोजन गर्ने सहमति भए पनि कार्यान्वयन नभएको उनको भनाइ छ । कलेजले चिकित्सकद्वय बिनम्र बस्नेत र बिबेक रञ्जितको करार नथपेपछि आन्दोलन सुरु गरिएको हो । ओपीडी सेवा बन्द गरेका चिकित्सकले अहिले आकस्मिक कक्षमा आएका बिरामी पनि भर्ना हुन रोकेका छन् । कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनालले आन्दोलनरत पक्षसँग छलफल गरी समसामयिक विषयलाई सम्बोधन गर्न तयार रहेको बताए । ‘अस्पतालको सेवा अत्यावश्यकीय भएकाले बन्दहडताल गर्न पाइँदैन । समस्याको समाधान छलफलबाट गरौ भन्दा उहाँहरू आउन मान्नुभएको छैन,’ उनले भने, ‘कसैलाई पनि ननिकालिएको र काम सन्तोषजनक नभएपछि करार नवीकरणलाई निरन्तरता नदिइएको हो ।’ वार्ताका लागि दुईपटक अपिल गरिएको र तलब वृद्धिका लागि गृहकार्य गर्न ३ साताको समय माग्दा पनि आन्दोलनरत पक्ष नमानेको खनालले बताए । बस्नेतले बुझारथ गरी गइसकेको अवस्थामा पनि पुनर्बहालीको माग गर्नु जायज नभएको उनको तर्क छ । कलेज र अस्पतालमा ७ सयभन्दा बढी कर्मचारी छन् । कहिलेकाहीं तलब दिन ढिला भएको स्विकार्दै खनालले तलब नरोकिएको स्पष्ट पारे । अस्पतालमा ५५० बेड छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kaski

0 Comments