Incident Reports

Far-western university central office padlocked

2016-12-28

NSU and students of Science and Technology and Engineering Deaprtment of Far-Western University padlocked the main gate of University's central office on Wednesday, December 28. Students stated that they padlocked the university office as their demands were neglected. They also staged sit-in at the central office due to which all of the work were halted. Students also demanded resignation of the university officials, citing that they were running away from the students insteading of solving their problems. नेपाल विधार्थी संघ र सुधुरपश्चिम विश्वविधालय विज्ञान तथा प्रविधि संकाय र इन्जिनियरिंङ संकायका विधार्थीहरुले केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका छन् । संघका विधार्थी सहितले मूल गेटमा तीन ओटा ताला लगाएपछि केन्द्रीय कार्यालयमा कामकाज ठप्प हुन पुगेका छन् । यस अघि विज्ञान तथा प्रविधि र इन्जिरियारिंङ संकायका विधार्थीले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । विधार्थीहरुले आफूहरुका मागबारे सुनुवाई नभएकाले तालाबन्दी गर्न बाध्य भएको बताएका छन् । बुधबार विधार्थीहरुले तालाबन्दी गरी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । विधार्थीहरुले बिहान दुई घण्टा विश्वविधालयको मूल गेटमा नै धर्ना दिए । धर्ना दिदै विधार्थीहरुले पदाधिकारीहरुको राजिनामाको समेत माग गरिरहेका छन् । विधार्थीहरुको समस्या समाधान गर्नुको साटो जिम्मेवार पदाधिकारी नै सम्पर्क बाहिर गएको भन्दै विधार्थीहरुले आफूहरुको भविष्य अन्यौल परेको गुनासो गरेका छन् । तालाबन्दी भएसंगै उपकुलपति डा. भूषण श्रेष्ठ र रजिष्ट्रार दिव्जराज भट्ट काठमाडौं हिडेपछि केन्द्रीय कार्यालयमा कर्मचारी समेत आएका छैनन् । बुधबार कार्यालयमा सुरक्षा गार्ड बाहेक अन्य कुनैपनि कर्मचारी उपस्थित भएका छैनन् । उता सुदूरपश्चिम विश्वविधालयले भने तालाबन्दी र ल्याबका विषयमा छलफल भएर सामाग्री आपूर्तिका लागि टेण्डर भईसकेको जनाएको छ । विगत लामो समय देखि विश्वविधालयमा बढ्दै गएको र दिनहुँ जसो विश्वविधालयमा हुने आन्दोलन हडताल देखेर अभिभावक समेत चिन्तित बन्दै गएका छन् । लामो संघर्ष पछि स्थापना भएको सुदूरपश्चिम विश्वविधालय जस्तो गरिमामय शैक्षिक क्षेत्रमा पछिल्लो समय भईरहेका राजनीतिक हस्तक्षेप तथा अराजक गतिविधिले सिंगो सुदूरपश्चिमका बासिन्दा चिन्तित भएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments