Incident Reports

Border Police Station arsoned

2017-01-10

Kanda VDC, northern border to Tibet has remained tense for three days. The situation worsened after the locals demonstrating since four months demanding Kanda VDC to be formed in to a separate rural municipality, set fire to the border police station. They have been boycotting new rural municipality and pressurizing police to leave VDC office. Though the agitators have claimed the destruction of Police Station's hut with kitchen because of arson attack, DSP Narendra Chand claimed the destruction of sign-board only. To take the situation under control, 21 police personnel in command of Police Inspector Ram Bahadur Chand have been deployed to the site. Meanwhile, Man Bahadur Bohara- Coordinator of Village Council Struggle Committee threatened not to let the police enter VDC at any cost. Locals had submitted their citizenship in CDO office in headquarter, and interrupting the administrative work. They have been more agitated when assurance of Local Level Restructuring Committee (LLRC) to grant a separate Village Council status to Kanda VDC didn't turn to reality. The committee was assured the separate village council status to Kanda VDC during visits to Pushpa Kamal Dahal-Prime Minister, Sher Bahadur Deuba-Congress President, and KP Sharma Oli-UML Chairperson. The committee informed the need for additional demonstration as Kanda VDC wasn't in Village Council list in a report by LLRC. Kanda VDC constituting almost 47% of the total area of district has the population of 2182. Locals of Kanda VDC have to walk for 3 days to reach Talkot Village Council provisioned by commission. The Commission has provisioned for 2 Municipal and 9 Village Council. Yet, Kanda has been incorporated in Talkot Village Council. चीनको तिब्बतसँग सीमा जोडिएको काँडा गाविस तीन दिनदेखि तनावग्रस्त छ । छुट्टै गाउँपालिका माग गर्दै ४ महिनादेखि आन्दोलनरत स्थानीयले माग पूरा नभएको भन्दै सीमा प्रहरी चौकीमा आगजनी गरेपछि तनाव भएको हो । उनीहरूले गाविस परिषद् समेत बहिष्कार गरे । चौकी घेराउ गरेर गाविस छोड्न प्रहरीलाई दबाब बढाएका छन् । आक्रोशित स्थानीयले प्रहरी चौकीमा आगजनी गरे पनि खासै ठूलो क्षति भएको छैन । स्थानीयले भान्सा रहेको टहरा जलेर ध्वस्त भएको बताएपनि जिल्ला प्रहरी प्रमुख डीएसपी नरेन्द्र चन्दले आक्रोशित व्यक्तिले हिर्काएको ढुंगा लागेर चौकीको साइनबोर्डमा मात्र क्षति पुगेको बताए । स्थितिलाई नियन्त्रणमा लिन सदरमुकामबाट प्रहरी निरीक्षक रामबहादुर चन्दको नेतृत्वमा २१ जनाको टोली त्यता परिचालन गरेको उनले बताए । बुधबार बिहान सदरमुकामबाट हिँडेको प्रहरी टोलीलाई गाविसमा प्रवेश गर्न नदिने गाउँपालिका संघर्ष समितिका संयोजक मानबहादुर बोहराले बताए । ‘हामी प्रहरीलाई कुनै पनि हालतमा गाउँ प्रवेश गर्न दिँदैनौं । जबरजस्ती गर्न खोजे त्यसबाट हुने क्षतिको जिम्मेवार आफैं हुनेछन्,’ उनले भने । उनीहरूले यसअघि सदरमुकाम गएर जिविसमा नागरिकता बुझाएका थिए । त्यहाँको काममा पनि अवरोध पुर्‍याउँदै आएका थिए । स्थानीय तह पुन:संरचना आयोगले छुट्टै गाउँपालिका दिने आश्वासन दिएर आफूहरूलाई झुक्याएको भन्दै उनीहरू अहिले थप आक्रोशित भएका हुन् । छुट्टै गाउँपालिका माग्दै काठमाडौं पुगेको टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले छुट्टै गाउँपालिकाको आश्वासन दिएर फिर्ता पठाएका थिए । उनीहरूलाई आयोग कर्मचारीले पनि आश्वासन दिएका थिए । तर केही दिन अघि सार्वजनिक आयोग प्रतिवेदनमा काँडा नपरेकाले थप आन्दोलन गर्नुपरेको संघर्ष समितिले जनाएको छ । जिल्लाकै झन्डै ४७ प्रतिशत भूभाग ओगटेको भए पनि यस गाविसको जनसंख्या भने २ हजार १ सय ८२ मात्र छ । गाविसबाट यस अगाडि तोकिएको तल्कोट गाउँपालिकाको केन्द्रसम्म पुग्न ३ दिन सम्म पैदल हिँड्नु पर्छ । आयोगले गरेको सिफारिसमा जिल्लामा २ नगरपालिका र ९ गाउँपालिका हुने भए पनि काँडालाई तल्कोटमै समावेश गरिएको प्रतिवेदन सार्वजनिक भएपछि स्थानीय फेरि अन्दोलनमा उत्रेका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kailali

0 Comments

Related Trend Analysis