Incident Reports

Locals obstruct police from entering into Kada VDC

2017-01-10

Locals of Kada VDC in Bajhang have started agitation demanding that their VDC be declared Rural Municipality. Protesters stopped a team of 21 police personnel from entering the VDC by hurling stones at them on January 10. The team was deployed from district headquarter after the protesters arson a border police post at Dhuli. Meanwhile, the locals have picketed and vandalized the police post. One protester and two police personnel were injured in a clash between them and the police on March 11. The locals have even cut off supplies for 11 police personnel deployed in the police post. Following the chaos in the area, Chief District Officer Sunil Khanal said that they were planning to temporarily remove the police post from the area to avoid further unfortunate circumstances. स्थानीय तह पुन:संरचना विवादले बढेको तनाव अझै साम्य भएको छैन । उत्तरी चीनसँग सीमा जोडिएको जिल्लाकै ठूलो काँडा गाविसमा विवादले उग्र रूप लिएको छ । छुट्टै गाउँपालिका माग्दै स्थानीय आन्दोलनमा उत्रेपछि त्यहाँ परिचालित थप सुरक्षाकर्मीको टोली गाउँ छिर्न सकेको छैन । आक्रोशित स्थानीयले सोमबार सीमा प्रहरी चौकीमा आगजनी गरेपछि बिग्रेको परिस्थिति नियन्त्रणका लागि सदरमुकामबाट गएको प्रहरी टोली काँडा गाविस प्रवेश गर्न नसकेको हो । गाविस प्रवेश गर्ने बाटोमा स्थानीयले गांैडा ढुकेर ढुंगा प्रहार गर्न थालेपछि पछि हटेको छ । ‘रातभर आगो बालेर स्थानीय गौंडा कुरेर बसेका छन्,’ जिल्ला प्रहरी प्रमुख डीएसपी नरेन्द्र चन्दले भने, ‘प्रहरी अगाडि बढ्न खोजे माथिबाट ढुंगा प्रहार गर्छन् । त्यसैले जान सकेको छैन ।’ मंगलबार सदरमुकामबाट हिँडेको प्रहरी काँडा र मेलबिसौनाको सीमा जाइलेकमै बसिरहेको छ । काँडास्थित प्रहरी चौकीमा आक्रमण थालिएपछि प्रहरी निरीक्षक रामबहादुर चन्दको नेतृत्वमा २१ जनाको थप टोली त्यता गएको थियो । छुट्टै गाउँपालिका माग गर्दै स्थानीयले धुलिस्थित सीमा प्रहरी चौकीमा दबाब बढाएका छन् । उनीहरूले चौकी घेराउलाई निरन्तरता दिएका हुन् । यसअघि भान्सा घरमा आगो लगाएका थिए । सोलार पनि तोडफोड गरेका छन् । बुधबार पनि स्थानीय र प्रहरीबीच झडप हुँदा दुई प्रहरी र एक स्थानीयवासी घाइते भएका थिए । धौल्या बोहरा घाइते भएको आन्दोलनकारीले बताए पनि प्रहरीले यसको पुष्टि गरेको छैन । स्थानीयले खाद्यान्नलगायत उपभोग्य सामग्री आपूर्तिमा अवरोध गरिरहेका छन् । खाद्यान्न रोकेपछि प्रहरी चौकीमा कार्यरत ११ जनालाई खानाकै समस्या भएको छ । चौकी नै हटाउने तयारी सदरमुकामबाट निरीक्षकको कमान्डमा गएको टोलीलाई गाविस प्रवेश नदिएपछि त्यहाँस्थित सीमा चौकीका प्रहरीमा सुरक्षा खतरा बढेको छ । जिल्ला प्रशासन अन्तिम विकल्पका रूपमा चौकी नै हटाउने मनस्थितिमा पुगेको छ । ‘काँडावासीलाई प्रहरीको सुरक्षा आवश्यक छैन भने चौकी नै हटाइदिन्छौं,’ प्रमुख जिल्ला अधिकारी सुनिल खनालले भने, ‘अनावश्यक बल प्रयोग गरेर घटना निम्त्याउनुभन्दा केही समयका लागि चौकी नै हटाउँदा राम्रो हुन्छ कि भन्ने निष्कर्षमा पुगेका छौं ।’ चौकीमा भएको सुरक्षा खतराबारे गृहमन्त्रालयमा समेत जानकारी गराइएको छ । जिल्ला सुरक्षा समितिको बैठकको निर्णयपछि गृहलाई थ्रेटका बारेमा जानकारी गराइसकेको प्रशासनले जनाएको छ । चौकीमा भएका मालसामान पोको पारेर प्रहरी फिर्ता हुने तयारीमा रहेको प्रजिअ खनालले जानकारी दिए । चौकीमा रहेका मालसामान ओसार्न पनि स्थानीयको सहयोग चाहिने भएकाले त्यसका लागि समन्वय भइरहेको उनको भनाइ छ । चौकी हटे पनि आन्दोलन जारी रहने गाउँपालिका संघर्ष समितिका संयोजक मानबहादुर बोहराले बताए । आयोग, प्रधानमन्त्री र मुख्य दलका नेताहरूले छुट्टै गाउँपालिका दिने आश्वासन दिएर आफूहरूलाई झुक्याएको उनको आरोप छ । आन्दोलनका कारण गाविस परिषद्समेत हुन सकेको छैन । स्थानीयले अहिले कायम भएको तीन दिन टाढाको गाउँपालिकामा जान नसकिने भन्दै छुट्टै गाउँपालिका माग गर्दै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Trend Analysis