Incident Reports

Public hearing program in Janakpur cancelled as participants resort to violence

2017-01-14

Madhes, Dhanusha, Janakpur

First public hearing of Unified Urban Development project was cancelled after groups in the audience engaged in a clash. The hearing was organized to pacify locals who had been complaining about the quality of service of the project in Janakpur. The project has been run by Nepal Government and Janakpur Sub-Metropolitan City office and funded by Asian Development Bank. The participants were dissatisfied with lack of space in the hall where the program was organized. They even protested saying such hearing should not be done in a closed place. The organizers agreed on holding the same program on another date in an open space. Meanwhile, the president of FNCCI,Janakpur Shiva Shankar Sah Hira took to the stage and demanded that the date for next meeting be fixed right away. A group of agitated youth pulled Sah from the stage onto the ground and tried to physically assault him. The peretrators used offensive words against Sah and demanded action against him. Police were used to rescue him. The youths also vandalized furnitures in the room. जनकपुरमा सञ्चालित एकीकृत शहरी विकास परियोजनाको प्रथम सार्वजनिक सुनवाई कार्यक्रममा दुई समुहबीच झडप भएको छ। झडपपछि कार्यक्रम नै स्थगित गरिएको छ। एसियाली विकास बैंकको ऋण सहयोग तथा नेपाल सरकार र जनकपुर उपमहानगरपालिकाको स्वामित्वमा हाल सञ्चालित परियोजनाको काम गुणस्तरीय नभएको भन्दै जनकपुरवासीले पटक–पटक विरोध जनाएपछि स्थानीयहरुको जिज्ञासा मेटाउन सार्वजनिक सुनवाई कार्यक्रम राखिएको थियो। नेपाल बार एसोसिएसन जनकपुरको सभा हलमा आयोजित सार्वजनिक सुनवाईमा सहभागी हुन सयौंको संख्यामा जनकपुरवासी पुगेपछि ठाउँ अभाव भएपछि होहल्ला सुरु भएको थियो। परियोजनाका प्रमुख गंगाप्रसाद यादवले हाल सञ्चालित कामहरुको विषयमा आफ्नो प्रस्तुति राखिरहँदा केही राजनीतिक दलका नेताहरुले हल साघुँरो भएर बस्ने ठाउँ नभएको भन्दै बन्द कोठामा सार्वजनिक सुनवाई गर्न नपाइने भन्दै विरोध गरेका थिए। आयोजकले सहभागीलाई शान्त गराउने प्रयास गरेपनि होहल्ला बढेपछि जनकपुर उपमहानगरपालिकाका कर्मचारी तथा कार्यक्रमका उद्घोषक गणेश यादवले आयोजकहरुको सल्लाह अनुसार अर्को दिन खुल्ला स्थानमा कार्यक्रम आयोजना गरिने र हालका लागि स्थगित गरिएको भनि घोषणा गरेका थिए। तर, सोही बेला जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिरा आक्रोशित हुँदै मञ्चमा पुगेर अर्को दिन कहिले हुने हो कार्यक्रम त्यसको मिति तोक्नुस भन्दै भाषण गर्न थालेपछि कार्यक्रममा सहभागी केही आक्रोशित युवाहरुले उनलाई कुटपिट गर्न खोजेपछि झडप भएको थियो। ति युवाहरुको समुहले आक्रामक रुपमा हिरालाई मञ्चबाट तानेर कुट्ने प्रयास गरेपछि प्रहरीले बचाएको थियो। युवाहरुले अश्लिल शब्द प्रयोग गर्नुका साथै हिरालाई कारबाहीको माग गर्दै कार्यक्रम विथोलेका थिए। उनीहरुले दर्शकदीर्घामा राखिएका कुर्सीहरु भाँचेका थिए भने कार्यक्रमस्थल बाहिर निस्केर पनि होहल्ला गरेका थिए। प्रहरीले आयोजना प्रमुखसहित कार्यक्रममा उपस्थित जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइटेललाई कडा सुरक्षाका बीच कार्यक्रमस्थलबाट निकालेर कार्यालय पुर्याएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Chamber of Commerce and entrepreneur's associations
Actor 2 - Youth unknown
National/Online Media

0 Comments