Incident Reports

Locals halt traffic along Banepa-Panauti road section

2017-01-22

Traffic along the Banepa-Panauti road section has been halted from today. Locals said that they were compelled to halt the traffic as they have been facing problems of due to dusty road. Urging to fulfill the past agreements, they said that such dusty road has made negative impact on health of children and elderly persons. Executive Officer of Panauti Municipality, Shyam Khadka, shared the information that a meeting is going to be held to resume the traffic. He blamed the stakeholders of not paying attention to resolve the problem and expressed the belief that an understanding would be reached among locals, tipper entrepreneurs' association and Department of Natural Resources and Mines as the Department of Roads have given assurance to carry out the maintenance of the road from January 26. RSS समयमानै पीच गर्न माग गर्दै पनौतीका स्थानीयले बनेपा–पनौती सडक खण्ड अवरोध गरेका छन् । ढलमले र श्रीखण्डपुरमा स्थानीयले पाइप र ढुंगा राखेर बाटो अवरोध गरेका हुन् । २०७२ चैतमा १ वर्षमा निर्माण सम्पन्न गर्ने गरी गौरीपार्वती नवयुग जेभीले ४ करोड १३ लाखमा ३ किलोमिटर सडक पीच गर्न ठेक्का सकारेको थियो । पीच तयारीको लागि भन्दै भएको पीच पनि उप्काएको ठेकेदारले निर्माणमा ढिलाइ गर्दा सडकमा धुलो उड्ने गरेको छ । खाल्डाखुल्डीमा जम्ने पानीका कारण यात्रुले सास्ती खेप्ने गरेका छन् । धुलोको कारण स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर परेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको संघर्ष समितिका सदस्य हिराबहादुर खड्काले बताए । ‘धूवाँधुलोले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर गरेको छ,’ उनले भने, ‘लगाएको सागपात खान पाइएको छैन, धोएको लुगा सुकाएर लगाउन सक्ने अवस्था छैन ।’ दैनिक १ सय मिनिबस, ट्रिपर र निजी सवारीसाधन गुड्ने गरेका छन् । स्थानीय, ट्रिपर व्यवसायी, नगरपालिकाकाबीच सडकमा दैनिक ३ पटक पानी हाल्ने सहमति भए पनि पुस २४ बाट त्यो पनि स्थगित भएको छ । स्थानीयले दैनिक ३ पटक पानी हाल्न, बिहान ९ देखि साढे १० र राति १० बजेदेखि बिहान ४ बजेसम्म ट्रिपर बन्द गर्न, जोरबिजोर प्रणालीअनुसार, चलाउन, १० टनभन्दा माथिका सवारी साधन चल्न रोक लगाउन माग गरेका छन् । डिभिजन सडक कार्यलय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले मौसमको कारण पीच रोकिएको भन्दै तत्काल सुरु गर्ने गरी ठेकेदारसँग कुरा भएको बताए । ‘चैत १५ सम्म म्याद नै छ, ढिलाइप्रति उहाँलाई राखेर कुरा गरिसकेका छौँ,’ अधिकारीले भने, ‘माघ १३ बाट सुरु गरेर फागुनसम्ममा सक्ने गरी प्रतिबद्धता जनाएका छन् ।’ प्रहरीले सडक अवरोध हटाउन खोजे पनि सकेको छैन । एम्बुलेन्स, फलफूल, दूध, तरकारी, विद्यालयका सवारी भने चल्न दिइएको छ । यात्रुहरुले सास्ती पाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Other Sources

0 Comments