Incident Reports

Samadhan Dainik: Agitated locals protest in District Drinking Water Corporation office

2017-01-08

Gandaki, Kaski, Pokhara Lekhnath

250 residents of Sarangkot Saurya khola and Aadarshabasti organized a gherao on Sunday at the office of the chief of Water corporation, Pokhara, Er. Niran Maharjan for 2 hours, accusing him of taking bribe and providing water to a hotel Jurassic Villa at Methlang Danda while ignoring the demand of local people. According to former Chairperson of Sarangkot, Ward number 6, Shiva Prasad Koirala, the act was the result of government turning deaf ears to his request for 10 years. Maharjan, however, claimed that the water project could not take pace due to lack of budget and the gherao was due to misunderstanding on part of the locals. सराङकोट सौर्य खोला र आदर्शबस्तीका स्थानीयले आईतवार खानेपानी संस्थान पोखराका प्रमुखको कार्यकक्षमा झन्डै दुई घण्टा धर्ना दिएका छन्। आफुहरुलाई प्रबन्ध नगरी एउटा होटललाई पानी लिफ्टिङ गर्न दिएको भन्दै उनीहरुले संस्थान पोखरा प्रमुख, इन्जिनियर निरण महर्जन सामु घेर्दै धर्ना दिएका हुन्। लामो समयदेखी माग गर्दा समेत बेवास्ता गर्दै निजी होटललाई पानी दिएपछि स्थानीय आक्रोशित भएका हुन्। आफुहरुले विगत १० वर्षदेखी निरन्तर खानेपानी आपुर्तिका लागि पहल गर्द समेत नदिएको तर होटललाई दिएपछी स्थानीय सहित आफू कार्यालय आएको सराङकोट-६ का निवर्तमान वडाध्यक्ष शिवप्रसाद कोइरालाले बताए। झन्डै ४ सय घरधुरी रहेको उक्त क्षेत्रका २ सय ५० बासिन्दा अाइतबार खानेपानीको कार्यालय पुगेका थिए। उक्त क्षेत्रमा पानी व्यवस्थानका लागि सभासद सीता गिरी ओली मार्फत सांसद पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तर्गतको ८ लाख रुपैयाँ समेत छुट्याइएको छ। त्यसैगरी स्थानीयको पहलमा खानेपानी ल्याउन ५ लाख ५२ हजारको पाइप समेत ल्याइएको छ। खानेपानी ल्याउन आफुहरुले निवेदन दिने र दबाब दिने गर्दै गरेको तर खुसुक्क एउटा व्यक्तिलाई पानी दिएको थाहा भएपछि गाउँले आक्रोशित भएको निवर्तमान अध्यक्ष कोइराला बताउँछन्। झन्डै २ घण्टा प्रमुखको कार्यकक्ष नियन्त्रण्मा लिएका स्थानीयले पैसा खाएर होटललाई पानी दिएको आरोप लगाए। स्थानीयका अनुसार मेथ्लाङको डाँडामा निर्मित होटल जुरासिक भिल्लालाई पानी लिफ्टिङ गर्न दीइएको छ। उक्त होटलले बालधारामा ५-५ हजारका दुईवटा ड्रम गाडेर पानी तान्न विद्द्युतको व्यवस्था समेत गरेको छ। जंगलमा थ्रीफेजको लाइन ल्याएर होटलले पानी लिफ्टिङको प्रबन्ध मिलाएको स्थानीयले जानकारी दिए। स्थानीय नारायण गौतमले संस्थानका कर्मचारी र होटलको मिलोमतोमा काम भएको आरोप लगाए। संस्थान पोखरा प्रमुख महर्जनले स्थानीयले रकमको श्रोत जुटाउन नसक्दा उक्त खानेपानी आयोजना अगाडि बढाउन नसकिएको दाबी गरे। उनले जनतालाई खानेपानिको प्रबन्ध गर्ने दायित्व आफ्नो पनि भएको बताए। स्थानीयले कुरा नबुझेर आफुलाई घेराउ गरेको उनको प्रतिकृया छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 250
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments