Incident Reports

Public Today: Five youths arrested for obstruction at Council

2017-01-11

Madhes, Dhanusha, Janakpur

Janakpurdham, Jan 12 - Some youth demonstrated at Third Municipality Council Meeting of Janakpur Sub-Metropolitan City about the budget of the year 2074/075. Youths stated that they staged demonstration because youths were not included in the meeting. Police arrested 5 youths involved in demonstration and took them under control for 6 hours. जनकपुरधाम, पुस २८ - जनकपुर उपमहानगरपालिकाको तेस्रो नगरपरिषदले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि १ अर्व ३६ करोड ४५ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ । परिषद् बैठकले एकीकृत सहरी विकास आयोजनाका लागि १२ लाख र जनकपुर उपमहानगरपालिका भित्रको विकास आयोजनाका लागि ४४ करोड, ४५ लाख २७ हजार रुपैयाँ बजेट विनियोजना गरेको उपमहानगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलले जानकारी दिनुभयो । उपमहानगरपालिकालाई धार्मिक नगरीको रुपमा विकास गर्ने लक्ष्यका साथ आगामी वर्षको बजेट विनियोजना गरिएको उहाँले जानकारी दिनुभयो । उपमहानगरपालिकाले नगरको सांस्कृतिक, धार्मिक एवं पर्यटकीय महत्वलाई झल्काउने लक्ष्य राख्दै यसको समग्र विकास प्रक्रियालाई गति दिदै आएको दावी पनि गरेका छन् । यता, परिषदमा युवालाई सहभागी नगराईएको भन्दै विरोध गर्ने पाँच जना युवकलाई प्रहरीले ६ घण्टा नियन्त्रणमा लिएर छाडेको छ । विरोध गर्ने क्रममा मासका संयोजक सरोज मिश्र, जानी खान, सुमित मिश्र, शुशिल कर्ण लगायत पाँच जना युवालाई पक्राउ गरी ६ घण्टा पश्चात छाडेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । परिषदमा लोकतान्त्रिक पद्धति अनुसार विरोध गर्ने क्रममा पक्राउ गरेको प्रति स्थानीय युवा, व्यवसायीहरुले खेद प्रकट गरेका छन् । उक्त घटना गराउने जनकपुर उपमहानगरपालिकाका प्रमुख पुण्य प्रसाद लुइँटेल, योजना शाखा प्रमुख इन्जिनियर विरेन्द्र यादव र अधिकृत प्रमेश झा लगायतलाई कारबाहीको युवाहरुले माग गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha

0 Comments